प्रदेश

वाणगंगा र शुद्धोधनमा स्वाव संकलन भएन ,कपिलवस्तुका ८२१ मध्ये ५९१ को नतिजा सार्वजनिक



कपिलवस्तु ३ जेठ ।जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जिल्लाबाट संकलन भएका ८२१ मध्ये ५९१ जनाको रिपोर्ट प्राप्त भएको छ । संकलित नमुनामा मध्ये ४३  जनाको कोरोना पोजेटिभ आएको छ । यसै गरी १ जना वालिकाको काठमाण्डौ र विजयनगरका एक युवाको भैरहवामा संकलन गरेको स्वावमा कोरोना पोजेटिभ आएको थियो । यसै गरी शुद्धोधन गाउ पालिकाका पकडी क्वारेन्टाईनमा वसेका युवामा कोरोना देखिएको थियो । 

            जिल्लामा ४० जना कोरोना संक्रमित रहेका छन । जिल्लाका १० स्थानिय सरकार मध्ये २ को अहिले सम्म स्वाव संकलन भएको छैन । स्वास्थ्य कार्यालयले जारी गरेको तथ्यांक अनुसार  वाणगंगा नगरपालिका र शुद्धोधन गाउपालिकाको अहिले सम्म स्वाव संलन गरेको छैन । यस अघी संकलित नमुनामा मध्ये ५ स्थानिय तहवाट संकलन भएका सवै नमुनाको नतिजा आएको छ । कृष्णनगर नगरपालिका, वुद्धभुमी नगरपालिका, कपिलवस्तु नगरपालिका, यशोधरा गाउपालिका, मायदेवी गाउपालिकाको संकलित नमुनाको पुरा नतिजा आएको छ । 

        यसै गरी शुक्रवार महाराजगंज नगरपालिकावाट १०८ र वियनगर गाउपालिकाबाट ४५ र कपिलवस्तु जिल्ला अस्पतालबाट १०५ नमुना संकलन गरीएको छ । ति नमुना मध्ये वियनगर गाउपालिका ६१, शिवराज नगरपालिकाका १६, महाराजगंज नगरपालिकाको १०८ र कपिलवस्तु जिल्ला अस्पतालको ११२ गरी २९७ नमुनाको  परिक्षण गर्न वाकी रहेको छ ।

ताजा अपडेटका लागि पेज लाइक गर्नहोस https://www.facebook.com/presspatinews

प्रकाशित : ३ जेष्ठ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६