प्रदेश

बाणगंगाकी बालिकाका अभिभावकमा कोरोना देखिएन: उपमेयर अर्याल,टिचिङ अस्पत्तालमै संक्रमण भएको आशंका



कपिलवस्तु ४ जेठ  टिचिङ अस्पत्तालमा उपचारका क्रममा कोरोना संक्रमणको पुष्टि भएकी कपिलवस्तु बाणगंगाकी ६ बर्षिय बालिकाको अभिभावकको नतिजा भने नेगेटिभ आएको छ । यो संगै कपिलवस्तुवाट उपचारका लागि काठमाण्डौ पुराइएकी बालिकामा संक्रमण अस्पत्तालवाटै भएको हुन सक्ने देखिएको छ । कपिलवस्तु वाणगंगा ४ ठाकुरापुरकी ६ बर्षीया कोरोना संक्रमित बालिकाको हजुरबुवा र आमाको रिपोर्ट कोरोना ‘नेगेटिभ’ आएको जानकारी प्राप्त भएको बाणगंगाका उपमेयर चक्रपाणी अर्यालले वताउनु भयो । 

        घाँटीको समस्या आएपछि बालिकालाई बैशाख २७ गते काठमाडौंको महाराजगञ्जस्थित टिचिङ अस्पताल उपचारका लागि लगिएको थियो । त्यहाँ उपचारको क्रममा बालिकालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।अहिले बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ । यसभन्दा अघि गत शुक्रबार साँझमात्र अस्पतालका चिकित्सक र कर्मचारीको रिपोर्ट पनि नेगेटिभ आएको थियो ।बालिकाका अभिभावको नतिजा नेगेटिभ आउनु र अस्पत्तालको चिकित्सकको नतिजा समेत नेगेटिभ नै देखिनुले बालिकामा संक्रमण कहाँ वाट भएको हो भनेर गंभिर अध्ययनगर्नु पर्ने देखिएको छ । 

प्रकाशित : ४ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६