प्रदेश

पोखरीमा डुबेर जुम्ल्याहा वालकको मृत्यू



कपिलवस्तु ८ जेठ  । कपिलवस्तुको कपिलवस्तु नगरपालिका बडा नं ११ जहदीको रेहराका २ वालकको डुबेर मृत्यू भएकोछ । अढाई बर्षका दुबै बालक घरदेखि १ सयमिटर टाढा खेल्दै पोखरीमा गएको र अकस्मात पोखरीमा डुवेका हुन् । उनीहरु जुम्लाहा बालक भएको स्थानीय वसिम मुसलमानले वताउनु भएको छ । स्थानीय करिम शेषका जुम्ल्याहा  सन्तान नफिस शेष र रहियान शेषको डुबेर मृत्यू भएको हो । 

        मुस्लिम समुदायहरु रमजाानका कारण घरभित्रै धार्मिक कार्यमा रहेका बखत डुवेका बालकहरुलाई तत्काल जिवितै उद्धार हुन नसकेको वताइएकोछ । इलाका प्रहरी कार्यालय पिपराका निरीक्षक आयुष प्रसाद जोशीका अनुसार उक्त घटना साँझ ६ वजेतिर भएको हो। घटना स्थलको मुचुल्का गरी पोष्टमार्टकालागि तौलिहवा अस्पत्ताल पठाइदै गरेको निरीक्षक  जोशीले जानकारी दिनु भयो । 

प्रकाशित : ८ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६