प्रदेश

जिल्लासील बीच जनता समाजवादीको प्रदर्शन किन ?



कपिलबस्तु १०जेठ । कपिलवस्तु जिल्लासील भएका बखत जिल्ला  प्रशासान कार्यालय आगाडी जनता समाजबादी पार्टीद्वारा प्रर्दशन भएको छ । प्रहरीले नियन्त्रणमा लिइएको जनता  समाजबादीका यूवासंघ कपिलबस्तुका जिल्ला अध्यक्ष मोहम्मद हई खानलाई रिहाईको माग गर्दै समाजबादी पार्टीका नेता तथा कार्यकार्ताद्वारा प्रर्दशन गरिएको हो ।यता जनता समाजवादीका युवा संघ कपिलबस्तुका जिल्ला खानलाई कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिइएको छ । खानलाई प्रहरी चौकी कुशहवा बढनीमा राखिएको छ ।जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी उपरिक्षक दीप शमशेर जबराले  खानले कोरोना पोजेटीभ देखिएका व्यक्तिलाई आइसोलेशनमा लाने क्रममा विरोध गरेको आरोपमा  नियन्त्रणमा लिईएको बताउनु भयो  । उहाले शसस्त्र प्रहरी निरिक्षकलाई दुब्र्यवहार पनि गरेको प्रहरीको भनाइछ ।जनता समाजबादी पर्टीका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवका अनुसार खानले क्वारेन्टाइनमा रहेकोलाई ब्यावस्थापन गर्न र छिटो आर डि टी वा पि सि आर गर्ना माग गर्दा प्रहरीले नियन्त्रणमा लिइएको दावि गर्नु भयो । 

प्रकाशित : १० जेष्ठ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६