प्रदेश

सोमबार इदउलफित्र



काठमाडौं, ११ जेठ । इस्लाम धर्मावलम्बीहरुको महान् पर्व रमजान (इदउलफित्र) सोमबार मनाउने भएका छन् । एक महिनासम्म चल्ने यो पर्वमा सो समुदायका धर्मावलम्बी दिनमा निराहार बसेर एक महिनाको रोजा व्रत आज पूरा गरेका छन् भने इदउलफित्र मनाउन तयारीमा जुटेका छन् । इदउलफित्र नमाज सामूहिक रुपमा इदगाहमा पढ्नुपर्ने र यसवर्ष कोरोना भाइरसका कारण सामाजिक दूरी कायम गर्नुपर्ने तथा मुलुकमा लकडाउन पनि कायमै रहेकाले यो नमाज घर घरमै पढ्न राष्ट्रिय मुस्लिम आयोगले जारी गरेको सार्वजनिक सूचना जनाइएको छ ।

रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी संवत् १४४१ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ । दान दिनु, गरिब र दीनदुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । यसमा मुस्लिमले आफ्नो गच्छेअनुसार परिकार बनाएर खाने गर्छन् भने एकले अर्कालाई इद मुबारक भनेर शुभकामना आदानप्रदान गर्ने गर्छन्  । (रासस)

प्रकाशित : ११ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६