कपिलवस्तु ११ जेठ । कपिलवस्तुको वुद्धभुमी ४ वुड्ढीमा कोरोना संक्रमितसंग क्लोज कन्ट्याक्टमा रहेका ३ जना स्वाव संकलन नगरी फरार भएका छन । वुद्धभुमी ४ का दिदी भाईमा कोरोना संक्रमण भएपछि उनीहरु (क्लोज कन्ट्याक्ट) न्युन दुरीमा सम्पर्कमा रहेका थिए । संक्रमितको घरमा एकजनाको मृत्यु भएपछि धेरै मानिसहरु सम्पर्कमा आएका थिए । कन्ट्याक्ट टेसिंग गर्दा ४७ जना नजिक सम्पर्कमा रहेका पाईएको थियो ।
स्थानियले न्युन दुरीमा सम्पर्क भएका सवैलाई क्वारेन्टाईनमा राख्नु पर्ने दवाव दिएपछि उनीहरु भागेका हुन । फरार भएका एक जना एक विद्यालयका शिक्षक हुन भने एक नेपाली कांग्रेसका स्थानिय नेता र अर्का राप्रपाका जिल्ला स्तरीय नेता हुन । २ जनाले स्वाव संकलनका लागी नाम लेखाए पनि आर डि टी परिक्षण भएकोले फर्किएका थिए ।
स्थानियले क्वारेन्टाईनमा राख्नु पर्ने भन्दै विरोध गरेपछि स्वाव लिएकाहरु अझै पनी स्वाव संकलन स्थल भृकुटी मा वि मै वसेका छन । उनीहरु विहान देखी पानी मात्र खाएर वसेका छन । २ वाल वालिका ७ बृद्ध सहित ४२ जना विद्यालयको चौरमा वसेका छन । उनीहरुलाई प्रहरीले सुरक्षा दिएर राखेको छ ।
कोरोना संक्रमित संग सम्पर्क भएपनि क्वारेन्टाईन सुरक्षित नभएकोेले सेल्फ आईसोलेशनमा वस्नु पाउनु पर्ने उनीहरुको माग छ । स्थानिय प्रशासनका अनुसार उनीहरु सवैलाई क्वारेन्टाईन राख्ने तयारी भएको छ । वृद्ध, दिर्घ रोगी र वाल वालिका बाहेक सवैलाई क्वारेन्टाईनमा राखिने वताईएको छ ।
प्रतिक्रिया