ब्रेकिंग न्युज

पूर्वविद्यार्थीद्वारा क्वारेन्टिनमा तरकारी व्यवस्थापन



तनहुँ, १५ जेठ । व्यास नगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसमा अध्ययन गरेका पूर्वविद्यार्थीले क्वारेन्टिमा बस्ने नागरिकका लागि एक महिना तरकारी व्यवस्थापन गर्ने भएका छन् । आफूले अध्ययन गरेको क्याम्पस प्राङ्गणमा बनाइएको व्यास नगरपालिकाको क्वारेन्टिनमा रहेका नागरिकलाई तिनले एक महिना तरकारीको व्यवस्थापन गर्ने गरी यही जेठ १५ देखि असार १५ गतेसम्मका लागि करीब रु६० हजार बराबरको तरकारीको व्यवस्थापन गर्ने भएको  हुन् । व्यास –४ बस्ने खनाल कन्स्ट्रक्सनका सञ्चालक लक्ष्मीभक्त खनाल, व्यास– २ घर भई हाल दक्षिण कोरियामा कार्यरत दिलीप मरासिनी, व्यास– ६ घर भई हाल कतारमा कार्यरत वरिष्ठ सुरक्षा अधिकृत सुजन पण्डित र व्यास– २ बस्ने अञ्जली ओभरसिज दमौलीका सञ्चालक एवं तरकारी निर्यातकर्ता गणेश अधिकारी गरी चार पूर्वविद्यार्थीले दैनिक रु दुई हजार बराबरको तरकारी व्यवस्थापन गर्ने बताएका छन् । 

        स्थानीय तरकारी व्यवसायीमार्फत तनहुँमा उत्पादित तरकारी क्वारेन्टिन रहेको क्याम्पसमा बिहीबारदेखि नै लैजान शुरु गरिएको चमेनागृह सञ्चालक रितेश खड्कीले जानकारी दिनुभयो । हाल उक्त क्वारेन्टिनमा दैनिक करीब एक सय जना बस्ने गरेका छन् । नागरिकको सङ्ख्या वृृद्धि भएसंँगै सम्बन्धित पालिकामा स्थानान्तरण गर्ने गरिएको छ ।  तनहुँ घर भई हाल नेपाल भारतको सीमामा अलपत्र नागरिक पहिलो पटक तनहुँ भित्रिँदा जिल्लाका पश्चिम क्षेत्रका केही नागरिकसमेत व्यास नगरपालिकाको क्वारेन्टिनमा बसेको क्याम्पस प्रमुख महेश हडखले बताउनुभयो । 

प्रकाशित : १५ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६