ब्रेकिंग न्युज

कोरोना जितेर आठ फिर्ता



दाङ १६ जेष्ठ । दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालबाट आज आठ  कोरोना संक्रमित निको  भएर घर फर्किएका छन् ।  कोरोना विशेष अस्पतालमा यही जेठ २ गते भर्ना भएका उनीहरुलाई दुईपटकसम्म गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि  घर पठाइएको कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक द्रोणबहादुर वलीले जानकारी दिनुभयो । वलीका अनुसार घर फर्कनेमा  कपिलवस्तुका चार, बाँकेका तीन र दाङ, गढवाका एक छन् ।  कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका  ४५मध्ये आठ जना निको भएपछि  ३७ कोरोना संक्रमितको उपचार भइरहेको छ । अस्पतालमा रुकुमपूर्व, रुपन्देही, कपिलवस्तु , बाँके , दाङ र   बर्दियाका छन् ।  उपचार गराइरहेकामध्ये दुई महिला भएको वलीले बताउनुभयो । 

प्रकाशित : १६ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६