पर्यटन

लकडाउनमा भिक्षुलाई संकटवाट बचाउन भिक्षादान



कपिलवस्तु, १८ जेठ ।लुम्बिनि विकास कोषका कार्यकारी सदस्य राजेश ज्ञवालीले थाई भिक्षुलाई दान दिनु भएको छ । बुद्धस्थल कपिलबस्तु राजकिय बिहार तिलौराकोटमा थाई भिच्छु स्पोतलाई कोषका सदस्य ज्ञवालीले स्वास्थ्य सामाग्री प्रदान गर्नु भएको हो । विश्वमा महामारीको रुपमा फैलिएको कोभिड १९ अर्थात कोरोना भाइरसबाट बच्नका लागि भिक्षुलाई मास्क, सेनेटाइजर दिनु भएको हो । कोषका सदस्यले अफठेरोमा परेका जो कोहीलाई सहयोग गर्दै आउनु भएको छ ।

        त्यस्तै खानाको लागि चमाल, तेल, फलफुल, चाउचाउ, फ्रुटी, नुन लगायतका सामाग्री दान गरेको लुम्बिनी विकास कोषका कार्यकारी सदस्य राजेश ज्ञवालीले जानकारी दिनुभयो । लकडाउनको समयमा  कोही पर्यटक नआएकोले भिक्षुलाई कसैले दान नगर्दा समस्या परेको भन्दै दान गरेको सदस्य ज्ञवालीले बताउनु भयो ।

प्रकाशित : १८ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६