प्रदेश

बर्दियासँग जोडिएको भारतीय सीमा बन्द



बर्दिया १८ जेष्ठ । बर्दियाको मधुवन नगरपालिकासँग जोडिएका  सम्पूर्ण खुला सीमा बन्द हुने भएको छ ।   नगरपालिकाको आज बसेको सर्वदलीय एवं सर्वपक्षीय बैठकले भारतसँग जोडिएका सबै सीमा बन्द गर्ने निर्णय गरेको हो । कोरोना भाइरसका कारण बन्दाबन्दी अवस्थामा पनि भारतबाट लुकिछिपी आउने क्रम नरोकिएपछि यस्तो निर्णय गर्नुपरेको नगर प्रमुख गणेशबहादुर क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार नगरभित्र कोही कोरोना सङ्क्रमित भेटिएका अवस्थामा बर्दियामा रहेको जिल्ला समन्वय समितिको भवनमा बनाइएको आइसोलेशनमा राखेर उपचार गरिने छ । शय्या सङ्ख्या अपुग भएमा कोरोना सङ्क्रमितलाई उपचार गर्नका लागि मधुवनमै आइसोलेशन वार्ड निर्माण गरिने जानकारी उहाँले दिनुभयो ।

प्रकाशित : १८ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६