प्रदेश

क्वारेण्टाइनमा सेवारत २ स्वास्थ्यकर्मी संक्रमित



दाङ– १८ जेठ । क्वारेन्टाइनमा खटिएका दुई जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखीएको छ । गढवा गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा खटिएका दुई जना पुरुष स्वास्थ्यकर्मीमा कोरोना देखिएको र उनिहरुलाई कोरोना बिशेष अस्पताल वेल्झुण्डी लगीएको गढवा स्वास्थ्य शाखाले जनाएको छ ।लमही नगरपालिका वडा नं १ निवासी ४० बर्षिय र राप्ती गाउँपालिका वडा नं ८ निवासी ३६ बर्षिय स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको हो ।‘

    लकडाउन भएपछी दुवै स्वास्थ्यकर्मी घर जानु भएको छैन् । उहाँहरुलाई यहीं क्वारेन्टाइनमा बस्ने व्यवस्था गरिएको थियो’गढवा स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले भने–‘थप उपचारको लागी कोरोना बिशेष अस्पताल बेल्झुण्डी लगिएको छ ।’यस्तै गढवा गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बसेका अन्य दुई जना व्यक्तिमा पनि कोरोना पोजेटिभ देखिएको छ । गढवा–६ निवासी ३६ बर्षिय र गढवा–७ निवासी २४ बर्षिय पुरुष व्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो । दुवै जना भारतबाट आएर क्वारेन्टाइनमा बसेका मध्य रहेको जनाइएको छ ।

    यो संगै जिल्लामा थप ९ जनामा कोरोना पोजेटिभ देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना पिसिआर परिक्षणमा दाङका ४ पालिकाका ९ जनाका कोरोना संक्रमण भएको पुष्टी भएको हो ।तुलसीपुर उपमहानगरपालिकाका ५ जना, गढवा गाउँपालिकाका २, राप्ती गाउँपालिका र लमही नगरपालिकाका दुईजना जनामा कोरोना पुष्टि भएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ का १ जना, वडा नं १५ का १ जना र वडा नं १६ का ३ जना रहेको पाइएको छ । योसँगै दाङमा संक्रमितहरुको संख्या ३४ पुगेको छ ।

प्रकाशित : १८ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६