ब्रेकिंग न्युज

बैतडीकी एक महिलाको क्वारेन्टिनमा मृत्यु



बैतडी २० जेष्ठ ।  भारतबाट आएकी बैतडीकी २८ वर्षीया महिलाको क्वारेन्टिनमा मृत्यु भएको छ।पुर्चौडी नगरपालिका(४ स्थित मालिका माविको क्वारेन्टिनमा रहेकी उनको गएराति मृत्यु भएको मेयर रणबहादुर कुँवरले जानकारी दिए।मृतक महिला पाँच दिनअघि मात्र पञ्जाबबाट आफ्नो बच्चा र श्रीमानसहित बैतडी आएकी थिइन्।उनीहरू भारतबाट आएलगत्तै क्वारेन्टिनमा बसिहरेका थिए। मेयर कुँवरका अनुसार मृतक महिला मुटुको दीर्घरोगी हुन्।भारतमा बस्दै आएकी उनी त्यहाँ पनि मुटुको औषधि सेवन गर्थिन्। अहिले मृतक महिलाको कोरोना परीक्षण गर्ने तयारी भइरहेको छ।त्यसको लागि स्वास्थ्यकर्मीको टोली क्वारेन्टिनस्थलमा पुगिसकेको छ। स्वाब परीक्षणको लागि भने धनगढी पठाउनुपर्ने हुन्छ।

प्रकाशित : २० जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६