ब्रेकिंग न्युज

स्वर्णबिन्दु प्राशन कार्यक्रम

बाल स्वास्थ्य सुदृढीकरण तर्फ बाणगंगाको पहल



कपिलवस्तु, ११ वैशाख

बालबालिकाको समग्र शारीरिक तथा मानसिक विकासमा टेवा पु¥याउने उद्देश्यले बाणगंगा नगरपालिकामा स्वर्णबिन्दु प्राशन कार्यक्रम सुरु गरिएको छ। आर्थिक वर्ष २०८२÷०८३ अन्तर्गत सञ्चालनमा आएको उक्त कार्यक्रम शुक्रबार मोतीपुर आयुर्वेद औषधालयमा एक कार्यक्रमका बीच शुभारम्भ गरिएको हो।
कार्यक्रमको शुभारम्भ बाणगंगा नगर प्रमुख चक्रपाणी अर्यालले एक बालकलाई स्वर्णबिन्दु प्राशन गराएर गर्नुभएको थियो। सो अवसरमा नगर उपप्रमुख रिता कुमारी चौधरी लगायत जनप्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


६ महिना देखि ५ वर्षसम्मका बालबालिकालाई लक्षित गरी सञ्चालन गरिएको यस कार्यक्रम अन्तर्गत प्रत्येक बिहान ६ बजेदेखि १० बजेसम्म खाली पेट स्वर्णप्राशन गराइनेछ। नियमित रूपमा स्वर्णबिन्दु प्राशन गराउँदा बालबालिकाको स्मरणशक्ति र एकाग्रता वृद्धि हुनुका साथै शारीरिक तथा मानसिक विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ। साथै, यसले पाचन प्रणालीलाई सुदृढ बनाउँदै रोग प्रतिरोधात्मक क्षमता बढाएर विभिन्न संक्रमणबाट जोगाउन सहयोग पु¥याउने अपेक्षा गरिएको छ।
नगरपालिकाका अनुसार, कार्यक्रम २०८२ साल पुस २१ गतेदेखि २०८३ साल असार ३१ गतेसम्म सञ्चालन हुनेछ।
यस पहलले बाल स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ। अभिभावकहरूलाई आफ्ना बालबालिकालाई नियमित रूपमा कार्यक्रममा सहभागी गराई स्वास्थ्य लाभ लिन आग्रह गरिएको छ।

प्रकाशित : ११ बैशाख २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६