बुटवल, जेठ २४। तीनलाख रुपैया घूससहित पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष देवेन्द्र पुन पक्राउ पर्नुभएको छ।वनको काठ खरिद गर्दा सहजीकरण गरिदिने भन्दै उहाँले ठेकेदारसँग घुस लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले पक्राउ गरेको सूचना अधिकृत सुरेश भुसालले जानकारी दिनुभयो। पुनलाई शनिबार बिहान सालझन्डी १० सैनामैनाबाट नियन्त्रणमा लिएको र उहाँमाथि थप अनुसन्धान भइरहेको अधिकृत सुरेश भुसालले बताउनुभयो ।
२४ जेष्ठ २०७७, शनिबार
प्रतिक्रिया