प्रदेश

ब्यक्ति हाबी हुने सस्ता प्रचार रोक्न नेकपाको निर्देशन , कोरोना अस्पत्तालकालागि साना किसान भवनको अख्तियारी प्रदान



 कपिलवस्तु २४ जेठ । नेकपा कपिलवस्तुले  आज एक फरक प्रकृतिको विज्ञप्ती जारी गरेर एकातिर पार्टी कार्यकर्तालाई सेचत पारेको छ भने अर्कातिर कार्यवाहीको संकेत पनि गरेको छ । नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेल र सचिव रामचन्द्र शाहले बिज्ञप्तीमा भन्नु भएकोछ —हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र केही दिन यता पार्टी वा संस्थाले गरेका निर्णयहरुलाई मैले गरेको हो भनेर सामाजिक संजालमा प्रचार गरि व्यक्ति नै मुख्य हो भन्नेढंगले जान खोज्ने प्रवृती देखिएको छ । फेसबुक मै एकले अर्काको आलोचना समेत गर्ने गरेको आभास भएकोछ । 

        त्यसो नगर्न सबै नेताहरु,सांसदहरु,स्थानीय तहमा रहेका जिम्मेवार साथीहरु र सम्पुर्ण पार्टी कार्यकर्ताहरु लगायत सबैमा अनुरोध गर्दछौं । अव देखि त्यस्तो गरेको पाइएमा पार्टी कार्यवाहीको विषय बन्नेछ भन्ने स्पष्ट पार्न चाहान्छौं ।  यो बिज्ञप्तीसंगै हरेक कुरा फेसबुकमा  लेखि हाल्ने प्रबृत्तिमा नेता ,सांसद , स्थानीय जनप्रतिनिधी र कार्यकर्तालाई अव रोक लाग्ने संकेत गरेको छ ।

    यता साना किसान कृषि सहकारी सस्था लिमिटेडले कोरोनाा विशेष अस्पत्ताल बनाउन आफ्नो भवन आवश्यक परेमा सरकारलाई दिने औपचारीक निर्णय गरेकोछ । आज सम्पन्न सस्थाका पदाधिकारीहरु,सो वडाका वासिन्दा समेत रहेका विभिन्न राजनैतिक दलका अग्रज  नेता एवम बाणगंगा नगरका जनप्रतिनिधीहरु सहितको सयुक्त बैठकले यस्तो निर्णय गरेको अध्यक्ष भीम प्रसाद सापकोटाले वताउनु भयो । 

        यता सोही बैठकले राज्यले असार र साउन भित्रमा कोरोना विशेष अस्पत्ताल बनाउने भएमा त्यतिञ्जेलका लागि नगरपालिकालाई भवनको अख्तियारी दिने अन्यथा २ महिना भित्रमा अस्पत्ताल नवनाएमा भदौदेखि सस्थाले आफ्नै कार्ययल संचालन गर्ने निर्णय गरेकोछ । सो बैठकले सस्थाको औपचारीक निर्णय नहुदै विभिन्न ब्यक्ति र सस्थाले उक्त भवनको तस्वीर राखेर कोरोना विशेष अस्पत्ताल बन्दै भनेर प्रचार गर्दा सस्थालाई अफ्ठयारो परेको भन्दै जननिर्वाचित ब्यक्तिहरुले सस्थाको सार्वभौम अस्तित्वमा प्रश्न खडा गरेर सस्थालाई अफ्ठयारोमा पारेको स्मरण गराएको छ । निर्णय अगावै सामाजिक मिडियावाट प्रचार हुदा सस्थाका पदाधिकारीहरु  शेयर सदस्यहरुका बीच आलोचित हुनु पर्ने स्थिती आएको भन्दै यस्तो कार्य अव आइन्दा कही कतैवाट नहोस भन्नेमा सचेत गराएको छ । यस्ता कार्य गर्नेमाथि सम्वन्धित निकायले सिघ्र ध्यान देओस भन्ने बैठकले आग्रह गरेको अध्यक्ष सापकोटाको भनाइछ ।

        बैठकमा संविधान सभा सदस्य बलराम अधिकारी,बाणगंगाका उपमेयर चक्रपाणी अर्याल , नेकपाका नेता कृष्ण पौडेल ,विष्णु शाह , वाणगंगा ८ का अध्यक्ष गुणानिधी भुसाल, ७ का अध्यक्ष विष्णु गिरी सहित साना किसान सहकारी सस्थाका पदाधिकारीहरु सहभागि रहनु भएको थियो।  

प्रकाशित : २४ जेष्ठ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६