गण्डकी

गण्डकी प्रदेशका थप ३८ जनामा कोरोना संक्रमण



पोखरा,२५ जेठ ।गण्डकी प्रदेशका विभिन्न जिल्लामा थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।पछिल्लोपटक थप भएकाहरू मध्ये सबैभन्दा बढी स्याङ्जा जिल्लामा १४, गोरखा र बागलुङमा १० र१० जना र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ जना नयाँ संक्रमित फेला परेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्याङजाको वालिङ नगरपालिकाका २९, ४९, ३४, ५२, ३८, ३१, २५, २७, ४६, ३७, २१, १८ र ३२ वर्षीय पुरुष गरी १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

       स्याङजाकै भीरकोट नगरपालिकाका ४५ वर्षीय एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयद्वारा जारी सुचनामा जनाइएको छ ।त्यस्तै, बागलुङको बडिगाड गाउँपालिकाका २५, ३२, २५, ५२, ४२, २२, २९, २६, २९ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।बागलुङकै ढोरपाटन नगरपालिकामा पनि थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।उता गोरखा जिल्लामा पहिलोपटक एकै दिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।जिल्लाको गण्डकी नगरपालिकाका २५, ३२, २०, ४३, ३०, २०, २१, २३ र २१ गरी ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

         गोरखाकै पालुङटार नगरपालिकाका एक १७ वर्षीय युवकमासमेत कोरोना भाइरस पुष्टि भएको छ ।नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हुप्सेकोट गाउँपालिकाका २०, ३५, ४५ र ३५ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय १३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।संक्रमित मध्ये बागलुङका २ र लमजुङका १ जना गरी ३ जना उपचार पछि निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित : २५ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६