ब्रेकिंग न्युज

जसपा बन्यो तीन अध्यक्ष रहने विद्यमान विश्वको एउटा दल



काठमाडौं, २५ जेठ ।समाजवादी र राष्ट्रिय जनता पार्टीको एकीकरण तीन अध्यक्षसहित ५ पदाधिकारीमा टुंगो लागेसँगै जनता समाजवादी दल दर्ता प्रक्रिया अघि बढेको छ ।विद्यमान अन्तराष्ट्रिय र राष्ट्रिय राजनैतिमा एउटै पाटीका ३ जना अध्यक्ष रहने  एउटा दल जसपा बनेको दावि गरिएको छ । उच्च स्रोतका अनुसार नेतृत्वमा देखिएको विवाद समाधानका निम्ति ५ पदाधिकारीमा महन्थ ठाकुर, डा. बाबुराम भट्टराई र उपेन्द्र यादव अध्यक्ष रहनेछन् भने त्यसपछिको समान वयितामा राजेन्द्र महतो र असोक राईको नाम टुंगो लागेको छ ।

    निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया पूरा भएपछि अन्य पदाधिकारी, केन्द्रीय सदस्य र जिम्मेवारीका विषयमा पार्टीले टुंगो लगाउने निश्चित भएको छ ।जनता समाजवादीले नेकपाको दुई अध्यक्षात्मक अवस्थालाई पनि उछिनेर तीन अध्यक्ष बनाउने सहमति गरेको छ ।राजनैतिक  दल सम्बन्धी ऐनमा एकीकरण वा गाभिने घोषणा गरेको ४५ दिनभित्र सम्झौताको प्रतिलिपी संलग्न गरेर निर्वाचन आयोगमा निवेदन दिनुपर्ने व्यवस्था अनुसारै दल दर्ताको निवेदन आज पेश भएकोछ । 

प्रकाशित : २५ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६