काठमाडौं, २५ जेठ । लामो समयपछि खुलेको सुनचाँदीको मूल्य आकासिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानी कर्ताहरु आकर्षिक भएका कारण सुनचादीको मूल्य बढेको हो । आज छापावाल सुनको मूल्य तोलाको रु ८७ हजार ४०० तय गरिएको थियो । यस्तै तेजावी सुनको मूल्य रु ८६ हजार ९६० तोकिएको र सोही अनुसार सामान्य कारोवार भएको छ । अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्यमा वृद्धि भए पनि स्थानीय बजारमा पनि सोही अनुसार वृद्धि भएको हो । सुनको मूल्य लकडाउनअघि चैत १० मा प्रतितोला रु ७७ हजारमा कारोवार भएको थियो । महासङ्घले आज चाँदीको मूल्य प्रतितोला रु ९२५ तोकेको थियो ।
लामो समयपछि नेपाली बजारमा सुनचाँदीको कारोवार शुरु भएको छ । बन्दा बन्दी (लकडाउन) शुरु भएपछि गत चैत ११ गतेदेखि बन्द भएको सुनचाँदीको कारोवार आजदेखि शुरु भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । लकडाउनको अवधिमा सुनचाँदीको दरभाउसमेत स्थगित हुँदै आएको थियो । अबका दिनमा सुनचाँदी व्यवसाय पनि आंशिक रुपमा सञ्चालनमा आउने बताइएको छ ।
प्रतिक्रिया