ब्रेकिंग न्युज

नम्वर एक दावि गरेक डा. भटराई चौथो नम्वरका नेता ,असली हैसियत जसपामा पनि प्रष्टीयो



काठमाडौं २६ जेठ ।  आफूलाई जसपामा नम्वर एक नेताका रुपमा पहिलो अध्यक्ष दिन दावि गरि रहेका  डा. बाबुराम भटराई चौथो नम्वरका नेताका रुपमा दर्ज भएका छन् । यो संगै उनको असली हैसियत जसपामा पनि प्रष्टीएको छ । विवरण अनुसार डेढ महिना लामो कसरतपछि जनता समाजवादी पार्टी (जसपा) का नेताहरूले अइतवार दुई अध्यक्षसहित ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति बनाएर निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् । 

        आयोगमा निवदेन पनि दर्ता भयो, तर चर्चाको विषय चाहिँ पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको बरियतालाई लिएर भएको छ । डा भट्टराई पार्टीको चौथो बरियतामा झरेको भन्दै सामाजिक सञ्चालमा उनीमाथिटिका टिप्पणी समेत सुरु भएको छ । आयोगमा दर्ता गर्न तयार पारिएको निवेदनमा तीनजना अध्यक्ष र दुईजना वरिष्ठ नेता रहने उल्लेख थियो ।

    जसअनुसार महन्थ ठाकुर र उपेन्द्र यादव कार्यकारी अध्यक्ष, डा। बाबुराम भट्टराई संघीय परिषद अध्यक्ष, अशोक राई र राजेन्द्र महतो वरिष्ठ नेता रहने सहमति भएको छ ।पहिलो वरियतामा ठाकुर, दुईमा डा. भट्टराई, तीनमा उपेन्द्र यादव, चारमा अशोक राई र पाँचमा राजेन्द्र महतोको थियो । तर, आयोगमा दर्ता हुँदा भने भट्टराईको नाममा टिपेक्स लगाएर उनलाई चौथो नम्बरमा झारिएको छ । उनको संघीय परिषद् अध्यक्ष पद हटेर वरिष्ठ नेता मात्र राखिएको छ ।आयोगमा पुग्नुअघि साविकको राष्ट्रिय जनता पार्टी (राजपा) को बबरमहलस्थित कार्यालयमा बसेको बैठकले भट्टराईको नाम र संघीय परिषद् अध्यक्ष पदमा टिपेक्स लगाएको हो ।

    स्रोतका अनुसार डा भट्टराई, ठाकुर र यादवलाई कार्यकारी अध्यक्ष मान्न सहमत भएका थिए । तर वरियतामा विवाद भयो । केन्द्रीय समितिभन्दा माथिल्लो कमिटी संघीय परिषदको अध्यक्ष भएकाले आफू एक वरियतामा हुनुपर्ने अडानमा थिए । साविक समाजवादी पार्टी सपामा पनि भट्टराई संघीय परिषद् अध्यक्ष र यादव कार्यकारी अध्यक्ष थिए । वरियतामा भट्टराई एक र यादव दुई नम्बरमा थिए ।

भट्टराई पक्षका नेताहरूले जसपामा पनि संघीय परिषद् अध्यक्ष पद ‘सेरोमोनियल’ भए पनि कार्यसमितिभन्दा माथिल्लो कमिटी भएकाले कार्यकारी अध्यक्ष भन्दा माथि हुनुपर्ने तर्क राखेपछि ठाकुरले मानेनन् स्रोत बताउँछ ।ठाकुरले पार्टी एकताको सहमति भएका बेलामा आफूलाई पहिलो वरियता दिने निश्चित भएको स्मरण गराएका थिए ।साविक सपाका नेताहरूले ‘सेरोमोनियल’ भूमिका हुँदा मात्रै ठाकुरलाई एक नम्बरमा राख्ने सहमति भएको बताउँछन् ।

    दुई नेताबीच वरियतामा सहमति हुन छाँट देखिएन । स्रोत भन्छ, ‘आयोगमा जान ढिलो हुने देखेपछि एकाएक बाबुरामले भने मलाई चौथो नम्वरमा राख्नुस । नेताहरुले भट्टराईको नाम दोस्रो र उपेन्द्र यादवको नाम तेस्रो नम्बरमा राखेर प्रस्ताव पारे । तर भट्टराईले मानेनन् । संघीय परिषद्को अध्यक्ष हुने तर केन्द्रीय कमिटीको अध्यक्षभन्दा तल्लो बरियतामा बस्न नसुहाउने उनले बताए । त्यसपछि उनले संघीय परिषद् अध्यक्षबाट वरिष्ठ नेता बनाउने र अशोक राईभन्दा मुनी चौथो नम्बरमा राख्न भनेका थिए ।उनले यस्तो भनाई आफू अपमानित भएको आसयका साथ राखेका थिए । तर आयोगमा जान ढिला भएकाले उनकै माग अनुसार चौथो नम्वरमा राखेर दल दर्ताको निबेदन दिइएकोछ । 

प्रकाशित : २६ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६