जीवनशैली

एक उदाहरणीय स्वास्थ्यकर्मी जसले आइशोलेशनमा रहेकालाई बचाउन रगत दिइन



गुल्मी २६ जेठ । गुल्मीमा एक स्वास्थ्यकर्मीले आइशोलेशनमा रहका एक ब्यक्तिको  ज्यान जोगाउन अरु कुनै विकल्प नदेखिपछि आफ्नै रगत दिएकी छन् । 

गुल्मीको रेसुंगाको एक क्वारेन्टाइनमा रहेका एक ३६ वर्षका पुरुष  कोरोना भाइरस संक्रमित भएपछि आइशोलेसनमा पुराउदा उनमा रक्तअल्पताको समस्या देखिएको थियो ।  उनी २ वर्षदेखि ठूलो आन्द्रामा भएको क्यान्सरको समस्याले पीडित छन् । कोरोना भाइरसबारेका भ्रमका कारण कतिपय ठाउँमा क्वारेन्टाइन बनाउन, आइसोलेशन तयार गर्न र संक्रमितको उपचार गर्न नै अवरोध भइरहेका बेला उनलाई रगत दिएर  ती स्वास्थ्यकर्मीले नयाँ उदाहरण पेश गरेकी हुन् । त्यही गुल्मी जहा भारतवाट आएकालाई जीपले बोक्न नमानेका कारण सदरमुकामबाट ट्याक्टरमा गाउँ पुगेका थिए । बिरामीहरु एम्बुलेन्सले नबोकेका कारण थुप्रै व्यक्ति समस्या परेका छन्  । सचेतनाभन्दा त्रास बढी भएकाले गाउँ समाजमा घर र टोल बाराबारको अवस्था छ ।

    यस्तो अवस्थामा रेसुङ्गा नगरपालिका ९ को आइसोलेसनमा उपचार गराईरहेका कोरोना संक्रमित व्यक्तिलाई उपचारमै संलग्न स्वास्थ्यकर्मीले रगत दिनु आफैमा उदाहरणीय कार्य हुने नै भयो । धुर्कोट गाउँपालिकाका ३६ वर्षीय कोरोना संक्रमितलाई आइसोलेसनमा खटिएकी स्वास्थ्यकर्मी सीता छन्त्यालले रगत दिएकी हुन् ।उनी भारतबाट आएका थिए । उनको कोरोना संक्रमणको पुष्टि भएपछि १४ दिनदेखि उपल्लो तम्घासको आइसोलेसनमा उपचार भइरहेको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले बताए । उनलाई रक्तअल्पताको समस्या देखिएपछि आइतबार रगत दिइएको पच्याले जानकारी दिए । ‘कोरोना लागेकै कारण आफ्नै आफन्त र समुदायको मान्छेलाई बहिस्कार गरिएका दुखद खबर सुनिएका छन्–उनले भने,–‘अहिलेको परिस्थितिमा यो काम उपचारसँगै संक्रमित प्रतिको सद्भाव हो ।’

    रक्तदान गरेकी स्वास्थ्यकर्मी छन्त्यालले आफुले समस्या देखेपछि स्वतस्फूर्त रुपमा रगत प्रदान गरेको बताइन् ।छन्त्यालले विपन्न व्यक्तिमा क्यान्सरसँगै कोरोना संक्रमणको पीडा र अहिले रक्तअल्पता देखिएकाले आफुले रगतदान गर्न पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिइन् । कोरोना संक्रमणको पुष्टि भएदेखि अहिलेसम्म आफुहरु उनकै स्वास्थ्य प्रति गम्भिर छत्यालले बताइन् ।

प्रकाशित : २६ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६