प्रदेश

राष्ट्रिय युवा संघ कपिलवस्तुले गर्यो स्थापना दिवसमा विरामीलाई फलफुल वितरण



कपिलवस्तु । राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुले संगठनको ३५ औं स्थापना दिवसको अवसरमा सामाजिक कार्य गरेको छ । ३५ औं स्थापनाको अवसरमा राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुले विभिन्न अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको संगठनका जिल्ला संयोजक कमल क्षेत्रीले जानकारी दिनु भयो । युनाईटेड हस्पिटल प्रा.लि र कपिलवस्तु सामुदायिक अस्पतालमा उपचाररत विरामीहरुलाई फलफुल वितरण गरि उदाहरणिय कार्य गरेको छ ।

विरामीहरुको अवस्था बुझिने र उहाँहरुको फलफुल खरिद गर्ने समयको बचत गरि संगठनको माया स्वरुप विरामीलाई फलफुल वितरण गरिएको जिल्ला संयोजक कमल क्षेत्रीले बताउनुभयो । संयोजक क्षेत्रीले विरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै आवश्यक सहयोग निरन्तर गरिरहने बताउनुभयो । उहाँले स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि जिल्ला कमिटीले उदाहरणिय कार्य गर्ने बताउनुभयो ।

संयोजक क्षेत्रीले संगठनले युवाहरुलाई सामाजिक कार्य संगै उत्पादन मुलक कार्यमा जोड्नका लागि सदैव लागिरहेको बताउनुभयो । उहाँले लागुपदार्थ र्दुव्यसनीमा फसेका युवाहरुलाई रोजगार र स्वरोजगारमा जोड्ने, घरेलु हिंसा, लैगिंक विभेद जस्ता सामाजिक विकृति विसंगतीलाई न्युनिकरण गर्ने क्रियाकलापमा समेत प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो ।

उहाँले यस अघि पनि संगठनले यात्रुहरुलाई सहज यात्राका लागि महेन्द्र राजमार्ग अन्तर्गत कोठिखोलमा आपत्कालिन नम्बरहरु राखि सुचनामुलक होर्डिङबोर्ड स्थापना तथा सार्वजनिक स्थलहरुमा मोवाईल चार्जिङ बोर्ड जडान कार्य गरि स्थापना दिवस मनाएको बताउनुभयो ।साथै उक्त कार्यको प्रशंसा गर्दै कपिलवस्तु सामुदायिक अस्पतालका उपाध्यक्ष राम पौडेलले संगठनलाई मायाको चिनो प्रदान गरेको छ ।

कार्यक्रमका नेकपा ९एमाले० लुम्बिनी प्रदेश कमिटी सदस्य तथा राष्ट्रिय युवा संघ नेपाल प्रदेश सह–ईन्चार्ज धन कुमारी अधिकारी ९धनु०, पार्टी जिल्ला कमिटी कपिलवस्तुका उपाध्यक्ष शंकर पाण्डे, उप सचिव देवी बहादुर पोख्रेल, राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुका ईन्चार्ज विजय कुवंर, राष्ट्रिय युवा संघ नेपाल प्रदेश कमिटी सदस्य तिलाराम गिरी, पुर्व स्थायी कमिटी सदस्य गोपाल मणि ज्ञवाली, जिल्ला तथा नगर कमिटीका पदाधिकारी र सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित : १ जेष्ठ २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६