प्रदेश

सहकारी केन्द्र नेपाल कपिलवस्तु गठनः अध्यक्षमा खनाल




कपिलवस्तु, ०४ जेठ । 
समृद्धिका लागि सहकारी भन्ने नाराका साथ सहकारी केन्द्र कपिलवस्तु गठन गरिएको छ । सहकारी केन्द्र कपिलवस्तुको प्रथम भेलाले १९ सदस्यीय तदर्थ कार्यसमिति निर्माण गरेको हो । भेलाले जिल्लाका सबै पालिकाबाट प्रतिनिधित्व हुने गरी अन्य सदस्य थप गर्ने र यसै समितिलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको छ । कपिलवस्तु उद्योग वाणिज्य संघको सभाहलमा विहीबार सम्पन्न भेलाले यस्तो निर्णय गरेको हो । 


सहकारी केन्द्र नेपालको औचित्य र यसको सान्दर्भिकता माथि प्रकाश पार्दै कार्यक्रमका अध्यक्ष सरोज खनालले जिल्लाको सहकारी आन्दोलनलाई शसक्त तथा व्यवस्थित गर्न आवश्यक रहेको बताए । उनले सहकारीहरुलाइ एकताबद्ध गर्दै यस संस्थालाई साझा केन्द्रको रुपमा विकास गर्ने आवश्यक हुने बताए । खनालले सहकारी केन्द्र नेपाल देशका विभिन्न जिल्लामा गठन भइसकेको र कपिलवस्तुमा पनि यसको महत्व रहेको जनाए । 


भेलाले दिपक खनालको अध्यक्षतामा तदर्थ समिति निर्माण गरेको छ । जसको उपाध्यक्षमा शालिकराम आचार्य, सचिवमा सिता बुढाथोकी, कोषाध्यक्षमा कृष्ण प्रसाद पौडेल, सह सचिवमा शुसिला पाण्डे, सदस्यहरूमा हेमनाथ पौडेल, शोभाखर घिमिरे, मनोज नेपालि, विष्णु पाण्डे, श्रृजना गैरे, नारायण पाण्डे, पुष्पा सुनार, सरिता आचार्य, सम्झना न्यौपाने, जग नारायण गुप्ता, मिठाईलाल चौहान, पल्टु पासि, बृज विहारी कुर्मि र कृष्ण कुमार मिश्र रहेका छन् । अध्यक्ष खनालले सहकारी केन्द्र नेपाल कपिलवस्तुलाई साझा संगठन बनाउनमा आफु प्रतिबद्ध रहेको जनाएका छन् ।


सरोज खनालको अध्यक्षता बसेको जिल्ला भेलामा माओवादी केन्द्र कपिलवस्तुका जिल्ला संयोजक विष्णु वेल्वासे, इन्चार्ज रुद्रलाल बञ्जाडे, बाणगङ्गा नगर इन्चार्ज देवराज अर्यालको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन सहकारी अभियान कर्मी खिमानन्द पौडेलले गरेका थिए । कार्यक्रममा करिब ७० जना भन्दा बढिको प्रतिनिधित्व रहेको थियो । 

प्रकाशित : ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६