ब्रेकिंग न्युज

क्वारेनटिनमा खटिएका सुरक्षाक्रमिलाई मास्क र सेनिटाईजर बितरण



बुटवल २६ जेष्ठ । विश्व महामारिको रुपमा फैलिएको कोरोना भाईरस नेपालमा फैलिदै गएपछी लियो क्लव अफ बुटवल सिटिले क्वारेन्टिनमा खटिएका सुरक्षाक्रमिलाई  सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ। सामाजिक क्षेत्रमा आफ्नो अलगै पहिचान गराउदै आएको क्लवले कान्ति मा वि क्वारेन्टाइन र गोलपार्क देखि ट्राफिक चोक हस्पिटल लाइन , मिलन चोक, भाटभटेनी ,राजमार्ग चौराहा ,बेस्क्याम्प , जोगिकुटि ,शंकरनगर ,मनिगराम ,देविनगर चौपारी  ,मैनाबगर ,अमर पथ ,र राम मन्दिर लाईन सम्म  खट्नु भएका प्रहरीलाई मास्क तथा सेनिटाइजर वितरण गरेको छ। क्लबका अध्यक्ष सागर पाण्डे प्रथम उपाध्यक्ष राजन पौड्याल दोस्रो  उपाध्यक्ष रेशम बस्याल सचिव आशिष जङ कुँवर,डाईरेक्टर मनोज भण्डारी तथा अर्का डाइरेक्टर अमृत श्रेष्ठ र रोशन पाण्डेको उपस्थिति रहेको थियो । कार्यक्रमको  संयोजक यस क्लबका डाइरेक्टर मनोज भण्डारीले गर्नु भयेको थियो र आगामी दिनमा पनि येस्तै कार्यक्रम गर्ने संस्थाका अध्यक्ष सागर पाण्डेले जानकारी गराउनु भयो ।क्लबले २०० थान सेनिटाइजर अनि मास्क वितरण गरेको  अध्यक्षले  जानकारी दिनु भएको छ।

प्रकाशित : २६ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६