पर्यटन

४ दशकमा पनि पूरा भएन लुम्बिनी गुरुयोजना, सरकारद्वारा आगामी वर्ष १ अर्ब बजेट बिनियोजन



कपिलवस्तु, ३२ जेठ । । विश्व शान्तिका महानायक गौतमबुद्धको जन्म स्थान लुम्बिनीको योजनाबद्ध विकासको गुरुयोजना निर्माणको चार दशक पूरा भइसक्दा पनि अझै पूरा हुन सकेको छैन । सन् १९७८ मा जापानिज वास्तुकलाविद् प्रोफेसर केन्जो टांगेले तयार पारेको गुरुयोजना चार दशक पूरा हुदा पनि पूरा हुन नसकेको हो । गुरुयोजना बन्दा सन् १९९५ मै सम्पन्न गर्ने लक्ष्य थियो । पछिल्ला दुई वर्षमा लुम्बिनी विकास कोषले यसलाई तीव्रता दिएको पनि थियो । तर कोरोना महामारी संगै  गुरुयोजनाको कामले सोचे अनुरुपको गति लिन भने सकेको छैन । लुम्बिनी क्षेत्रको ११ सय ५५ बिगाहा क्षेत्रफलमा निर्माण गरिने गुरुयोजनाको महत्व अमूल्य रहे पनि यसले पूर्णरूपमा मूर्तरूप पाउन नसकेको देखिएको छ । 

        गुरुयोजनाले लुम्बिनीमा राष्ट्रिय/अन्तर्राष्ट्रिय बौद्ध संस्कृतिका जीवन्त परम्परालाई झल्काउने, लुम्बिनीको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र धार्मिक महत्वलाई संरक्षण गरी अन्तर्राष्ट्रिय मापदण्डको पवित्र तीर्थस्थलको रुपमा संरक्षण र संवद्र्धन गर्ने लक्ष्य राखेको पाइन्छ । लुम्बिनीको समग्र गुरुयोजना आगामी तीन वर्षमा सम्पन्न गर्ने गरि पछिल्लो केही समयदेखी भने निर्माण कार्यमा तिब्रता दिईरहेको लुम्बिनी विकास कोषका सदस्य सचिव ज्ञानिन राईले बताउनुभयो । 

        कोरोना कारण करिब ढेड महिनासम्म गुरुयोजनाको काम ठप्प रहेको बताउदै पछिल्लो पटक संघिय सरकारबाट आएको निर्देशन र नियमलाई पालना गर्दै गुरुयोजनाको काम अघि बढिरहेको उहाको भनाई छ । अहिलेसम्म ८० प्रतिशत भन्दा बढि काम सकिएको बताउदै अब सक्नुपर्ने काम भित्र रहेर बिभिन्न योजनाका साथ कामले गति लिदै गएको बताउनुभयो । गत बर्ष संघिय सरकारबाट गुरुयोजनाका लागि चालु आवमा ७५ करोड बजेट आएकोमा आगामी वर्षकालागि  बजेटमा बृद्धि भई १ अर्ब बजेट सरकारले छुट्याएको उहाको भनाई छ । अझै गुरुयोजना पूरा रुपमा सम्पन्न गर्न करिब ७ देखी ८ अर्ब बजेट खर्च हुने लुम्बिनी बिकास कोषले अनुमान लिएको जानकारी गराउनुभयो । 

        अहिले लुम्बिनी गुरुयोजनामा चालु आवमा सकिने गरी ५ हजार व्यक्ति अट्ने सभाहल, ५ नम्बर गेटदेखि मायादेवी मन्दिरसम्म ६ सय मिटर सौन्दर्यीकरण गर्ने काम  र एउटा पोखरी निर्माणको काम संगै गुरुयोजना भित्रको महत्वपूर्ण सास्कृतिक केन्द्रको हरको पार्किङ सहितको भवन निर्माणको काम भइरहेका छन । यसबाहेक गत वर्ष नै बहुवर्षीय योजना भनेर ठेक्का लाएका वाटर टावर, विद्युत्, टेलिकम्युनिकेसन संगै अरु धेरै काम काम सम्पन्न भइसकेको उहाको भनाई छ । लकडानउनका समयमा मालसमान ल्याउन केही कठिनाई हुदा पनि काममा प्रभाब परेको भन्दै पछिल्ला दिनहरुका निर्माण सामग्री ल्याउन भने सहज भईरहेको जानकारी गराउनुभयो । 

        यता कोरोना महामारीका कारण लुम्बिनीमा आउने पर्यटकको संख्या ठप्प रहदा आन्तरिक श्रोत जुटाउन समस्या भएको लुम्बिनी बिकास कोषका सदस्य राजेश ज्ञवालीले बताउनुभयो । लकडाउनका कारण बिभिन्न कार्यक्रम स्थगित संगै आन्तरिक श्रोत साधनबाट उठ्दै आएको रकम ठप्प हुदा लुम्बिनीको अर्थतन्त्र संगै सम्रग देशको अर्थतन्त्रमा ठूलो धक्क पुगेको बताउनुभयो । सरकारले लकडाउन खुकुलो बनाउदै गईरहेको अवस्थामा लुम्बिनी बिकास कोष अब स्वादेशी पर्यटक आउने बातारवरण तयार पार्ने तयारीमा जुटेको उहाको भनाई छ । 

        संघिय र प्रदेश सरकार संगको समन्वयमा आन्तरिक पर्यटक भित्रयाउन कोषले आवश्यक कदम चाल्ने उहाको भनाई छ । महामारीको परिस्थती हेरि केही मन्दिर सञ्चालन गर्छौ र त्यहा आउने पर्यटकबाट केही श्रोत जुट्दै जाने सदस्य ज्ञवालीले भन्नुभयो । भबिष्यमा लुम्बिनी गुरुयोजना समाप्त गरिसकेपछि लुम्बिनीमा पर्यटकको बसाई लम्बाउन बिशेष प्याकेज सहितका कार्यक्रम ल्याउने तयारीपनि  कोषलले गरिरहेको उहाको भनाई छ । 

प्रकाशित : ३२ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६