अर्थ-वाणिज्य

कुनै काम गर्न नसकेका प्रदेश जग्गा एकिकरण आयोजना अध्यक्ष चौधरी लाई पदबाट नहटाउन अन्तरिम आदेश




दाङ ६ असोज । कुनै काम गर्न नसकेका प्रदेश जग्गा एकिकरण आयोजना अध्यक्ष श्यामेश चौधरीलाई पदबाट नहटाउन अन्तरिम आदेश दिएर उच्च अदालत तुलसीपुरले लुम्बिनीले समस्या जटिल बनाइदिएको छ । प्रदेश जग्गा एकिकरण आयोजना सञ्चालन समितिका अध्यक्ष श्यामेश चौधरीलाई पदबाट नहटाउन उच्च अदालत तुलसीपुरले अन्तरिम आदेश जारी गरेको छ । अदालतका न्यायाधीश अर्जुन प्रसाद कोइरालाको एक इजलासले समितिका अध्यक्ष चौधरीलाई पदबाट नहटाउन विपक्षका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

समितिका अध्यक्ष चौधरीले आफ्नो कार्यकाल अझै बाँकी रहेको भन्दै अध्यक्ष पदमै निरन्तरता दिन माग राखि उच्च अदालत तुलसीपुरमा रिट दायर गरेका थिए । चौधरीलाई पदबाट हटाउनुको कारण खुलाई १५ दिन भित्र विपक्षीहरुको हकमा लुम्बिनी प्रदेशको मुख्य न्यायाधीवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्न भनिएको छ । लुम्बिनी प्रदेश पुर्वाधार विकास प्राधिकरणले मिति २०७९ असोज १ गतेको पत्रबाट ४ वर्षका लागि नियुक्त गरेको थियो । निवेदकको तर्फबाट अधिवक्ताहरु मेहनप्रसाद धिताल र रामशरण चौधरीले बहस गरेका थिए ।

प्रकाशित : ६ मंसिर २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६