जीवनशैली

कपिलवस्तुका बजार क्षेत्र खुलेपछि चहल पहल बढ्यो



जीतपुर १ असार ।सरकारले लकडाउनको स्वरूप परिवर्तन गरेपछि कपिलवस्तुमा विगतका दिनहरुमा भन्दा सोमवार चहलपहल बढेको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आइतवार  सूचना प्रकाशन गरेपछि केहि मात्रामा चहलपहल वढेको हो । कपिलवस्तुमा दैनिक संक्रमीतको संख्या वढ्दै गएपनि प्रशासनले अत्यावस्यक वस्तुहरुमा केहि खुकुलो वनाएपछि वजार क्षेत्रमा सुरक्षा सजगता संगै चहलपहल वढेको हो ।

    कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न गत चैत ११ गतेदेखि जारी भएको बन्दाबन्दीको स्वरूप परिवर्तन गरेपछि बैंक तथा वित्तीय संस्था, बजार, उद्योग, सञ्चालन हुन थालेसँगै चहलपहल बढेको हो ।बजारमा सामान किन्न निस्कने सर्वसाधारण र निजी सवारी साधनको चाप बढ्दै जान थालेको छ । सरकारले सुरक्षा अपनाएर बजार, उद्योग, निजी सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेसँगै जनजीवन सामान्यतर्फ उन्मुख हुन थालेको छ । सामाजिक तथा भौतिक दूरी कायम गरी सुरक्षा मापदण्ड अपनाएर पसल सञ्चालन गरेको व्यापारीहरूले बताएका छन् ।

        सामान खरिद गर्न आउने सर्वसाधारणबीच दूरी कायम गरी सुरक्षाका उपाय अपनाउँदै पसल खुलेका छन् । सडकमा मानिसको भीड देखिन थालेको छ । लामो समयसम्म बन्दाबन्दी हुँदा आर्थिक क्रियाकलापसँगै सर्वसाधारणको जनजीवन प्रभावित भएको थियो । 

प्रकाशित : १ असार २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६