दाङ २ असार । दाङ क्वारेन्टाइनमा बस्दै अएका एक जोडीले विवाह गरेका छन् । घोराही उपमहानगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका घोराही–१८ का २३ वर्षीय वली थरका युवक र तुलसीपुर उपमहागरपालिका–५ की चौधरी थरकी २१ वर्षीय युवतीले गत जेठ ३२ मा क्वारेन्टाइनमै विवाह गरेको हुन । करिब २५\२६ दिनअघि भारतको दिल्लीबाट आएर उनीहरु वडा नम्बर १८ को आधारभुत विद्यालय बेलघारी क्वारेन्टाइनमा बसेका थिए।‘नौ महिनाअघि देखि उनीहरुको प्रेम सम्बन्ध रहेछ,’ वडा नम्बर १८ का अध्यक्ष भरतमणि अर्यालले भन्नुभयो, ‘उनीहरु सँगै भारत गएका र सँगै आएका रहेछन्।
उनीहरुले जेठ ३२ मा धार्मिक संस्कार अनुसार सामाजिक दूरी कायम गर्दै बरपिपललाई साक्षी राखी विवाह गरेका हुन्।’ती दम्पत्तिको पिसिआर रिपोर्ट नेगेटिभ आएको र उनीहरुलाई १४ दिनसम्म छुट्टाछुट्टै बस्ने निर्देशन दिएर घर पठाएको वडाध्यक्ष अर्यालले बताउनुभयो। असारमा नौ महिना हुने भएकाले उनीहरु दुवैको आग्रह र घरपरिवारको सरसल्लाह अनुसार क्वारेन्टाइनमा विवाह गरिदिएको समेत उहाँले बताउनुभयो ।
प्रतिक्रिया