कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिकामा ३ महिने बालकमा कोरोना संक्रमण देखीएको छ । बिहिवार राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुमा भएको परिक्षणमा कोरोना संक्रमण देखिएको हो । उनी वडा नं. ७ का हुन । बालक सहित बुवा आमा भारतबाट आई क्वारेन्टाईनमा बसेका थिए । क्वारेन्टाइनमा रहेका उनका आमा बुवामा कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
बालकमा मात्र पोजेटिभ आए पछी उपचार कसरी गर्ने भन्ने समस्यामा परेको छ । बालकको स्वास्थ्य अवस्था सामान्य रहेको छ । बालकको उपचार कसरी गर्ने भन्ने विषयमा अहिले चिकित्सक संग सल्लाह लिँदै गरिएको छ । लुम्विनी प्रादेशिक अस्पतालका चिकित्सक डा. नेत्र वहादुर रानाले कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा राख्ने परामर्ष दिए पछी लैजाने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले वताए ।
यसै गरी कपिलवस्तुमा बिहीवार १६ कोरोना संक्रमित थप भएका छन । थप हुनेमा बाणगंगा नगरपालिकाका १ जना , शिवराज नगरपालिकाका ७ जना र मायादेवी गाउँपालिकाका ८ जना रहेका छन । थपिएका मध्ये २ जना महिला रहेका छन । सवैको अवस्था सामान्य रहेको बताईएको छ । यो थप भए संगै जिल्लामा संक्रमितको संख्या ६७३ पुगेको छ ।
४ असार २०७७, बिहिबार
प्रतिक्रिया