ब्रेकिंग न्युज

बामदेवलाई उपप्रधान तथा अर्थमन्त्रीको अफर,मन्त्रीमण्डल छिटटै पुनरगठन



काठमाण्डौ ५ असार ।प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेका छन् । बिहीबार राष्ट्रियसभाबाट बजेट पास भएलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेको श्रोतको दाविछ । राष्ट्रपति विद्यादेवी भण्डारीको मध्यस्थतामा सोमवार भएको भेटमा समेत प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा ओलीले २ वटा विषय संकेत गरेका छन् । पहिलो हो एमसीसीबारे सहमती गर्ने सकभर सदनवाट पारित गराउने नसके मरिहत्ते नगर्ने ।दोश्रो विषय हो मन्त्री मण्डल पुनरगठन गर्ने । यता  शितलनिवासमा भएको भेटमा नेकपाका अध्यक्ष प्रचण्डले पूर्व माओवादीमा उर्जामन्त्री समेत रहेका स्थायी समिति सदस्य वर्षमान पुन अनन्त बाहेक कोही पनि एमसीसीको पक्षमा नरहेकाले यसलाई अघि बढाउन नसकिने प्रष्ट जवाफ दिएका छन् । प्रचण्डको अडानपछि एमसीसी संसदवाट पारित हुने सम्भावना कम भएको छ ।पार्टीभित्र चर्को विरोध भएपछि प्रधानमन्त्री ओली पनि एमसीसीका लागि मरिहत्ते गर्ने पक्षमा नरहेको स्रोत बताउंदछ । उनले एमसीसी पारित गर्न हरसम्भव कोशिस गर्ने नभएपनि त्यसैका लागि मरिहत्ते नगर्ने रणनीति बनाएका छन् ।

        ओली सचिवालयका सदस्यहरु गृहमन्त्री रामबहादुर थापा र रक्षामन्त्री ईश्वर पोखरेलबाहेक पुराना मन्त्रीहरु परिवर्तन गर्ने तयारीमा छन् ।प्रधानमन्त्री ओली पूर्व माओवादीबाट मन्त्रिमण्डलमा प्रतिनिधित्व गर्ने उर्जामन्त्री वर्षमान पुन, खानेपानीमन्त्री विना मगर र शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई परिवर्तन गर्ने पक्षमा छन् । पुराना मन्त्रीमध्येबाट वनमन्त्री शक्ति वस्नेत र गृहमन्त्री थापालाई निरन्तरता दिनेमा प्रधानमन्त्री ओली छन् । उद्योगमन्त्री लेखराज भट्ट र श्रममन्त्री रामेश्वर राय यादव मन्त्री भएको धेरै नभएकाले उनिहरुलाई हटाइहाल्ने पक्षमा प्रधानमन्त्री ओली नभएको स्रोतको दावी छ । उद्योगमन्त्री भट्ट त पछिल्लो समय प्रधानमन्त्री ओलीको पक्षमा खुलेर लागेकाले पनि उनि मन्त्रीका रुपमा रहिरहने सम्भावना छ ।

        तर, अर्का अध्यक्ष प्रचण्ड उद्योगमन्त्री भट्ट र गृहमन्त्री थापाको विकल्प खोज्नेमा छन् ।प्रधानमन्त्री ओलीले नेकपाका प्रवक्ता समेत रहेका सचिवालय सदस्य श्रेष्ठलाई त शिक्षामन्त्रीका रुपमा सपथ गर्न आग्रह गरिसकेका छन् । तर, श्रेष्ठले परराष्ट्रमन्त्रालयमै रुची देखाएका छन् । प्रधानमन्त्रीले श्रेष्ठलाई मात्र होईन उपाध्यक्ष वामदेव गौतमलाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्री वन्न आग्रह गरेका छन् ।श्रेष्ठ र गौतम मन्त्रिपरिषदमा प्रवेशगरेसंगै सचिवालयमा बहुमत वन्ने प्रधानमन्त्रीको हिसाव छ । यता अर्थमन्त्रीकै लागि पार्टी महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे समेत दौडमा छन् ।पूर्व एमालेवाट अर्थमन्त्री युवराज खतिवडासहित, भूमिसुधार मन्त्री पद्मा अर्याल, खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योगराज्यमन्त्री मोतीलाल दुगडलाई हटाउने पक्षमा प्रधानमन्त्री ओली छन् । त्यसका साथै रिक्त रहेको संचार र शहरी मन्त्रालयमा समेत नयां मन्त्री नियुक्त गर्ने तयारी उनले गरेका छन् ।

प्रकाशित : ५ असार २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६