ब्रेकिंग न्युज

सावधान ! कपिलवस्तु र दाङ्गमा बाढीको जोखिम ।



कपिलवस्तु
शुक्रवार
साँझबाट परेको वर्षाका कारण कपिलवस्तु र दाङ्गका नदी आसपासका क्षेत्रमा
बाढीको खतरा बढेको छ । बाढी पूर्वानुमान महाशाखाको अनुसार लगातार वर्षा
भइरहँदा दुई जिल्लामा नदीमा जल स्तर बढेको छ । नदी आसपासका क्षेत्रमा रहेको
बस्ती उच्च जोखिममा रहेको बताइएको छ । देशका अधिकांश भूभागमा पानी परेपनी
यी दुई जिल्लामा भारी वर्षा भए पछि उच्च जोखिममा परेको छ ।

दाङको गडवामा
रहेको मापन केन्द्रमा पछिल्लो ६ घण्टामा १३६.४ मिली मिटर वर्षा मापन
गरिएको छ ।  लालमटियामा रहेको अर्को मापन केन्द्रमा ६ घण्टामा ९९.२ मिली
मिटर बर्सात भएको छ । यसै गरी कपिलवस्तुको बाणगंगामा रहेको मापन केन्द्रमा
७४.६ मिली मिटर बर्सात भएको महाशाखाले बताइएको छ । यी मापन दिउसो १२ बजे
सम्मको रेकर्ड गरिएको हो । अहिले सम्म बर्सात रोकिएको छैन । आजको मौसम
पूर्वानुमान अनुसार भोलि बिहान सम्म भारी वर्षा हुने पूर्वानुमान देखिएको छ
। लगातारको वर्षाका कारण नदीतटिय क्षेत्रमा खतरा हुन सक्ने जल तथा मौसम
पूर्वानुमान महाशाखाका एक कर्मचारीले बताए । शाखाका अनुसार ६ घण्टा १०० एम
एम भन्दा बढी वर्षा भयो भने उच्च जोखिमको रूपमा हुन सक्ने देखिन्छ ।

यता
दुवै जिल्लाका पहाडी क्षेत्रमा पनि लगातार वर्षा भइरहेको छ । अर्घाखाचींको
पावरामा बाणगंगा नदीमा बाढीको बहाव उच्च भएको छ । नदीमा रहेको बाढीको
स्केल अनुसार पहेलो रेखा पार गरी रातो रेखामा पुगेको छ । पहाडी क्षेत्रबाट
बग्ने सबै नदीमा पानीको सतह बढेको प्रकोपको क्षेत्रमा काम गर्ने आईआरडिसी
संस्थाले जनाएको छ ।

बाढीको जोखिम देखिए पछि जिल्ला प्रशासन कार्यालय
कपिलवस्तुले सचेत हुन अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी दिर्घनारायण
पौडेलमा अनुसार जिल्लाको बाणगंगा नदी, कोइली नदी, सुराई नदी र गुडरुंग
खोलामा उच्च बहाव रहेको बताए । यी नदी आसपासमा पर्ने बस्तीमा सतर्क रहन
अनुरोध समेत गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई
अलर्ट गरी राखिएको छ । जिल्ला प्रशासन कार्यालय दांङ्गका सहायक प्रमुख
जिल्ला अधिकारी गञ्ज बहादुर अधिकारीका अनुसार राप्ती नदीमा खोलाको बहाव
बढेको जानकारी प्राप्त भए सँगै सबै सुरक्षा निकाय र स्थानियतहलाई सतर्क भएर
बस्न अनुरोध गरेको बताए ।

प्रकाशित : ६ असार २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६