ब्रेकिंग न्युज

प्रदेश ५ : मानव वेचविखनमा पहिलो स्थानमा यस्ता छन् विवरण



कपिलवस्तु १६ असार  । मानव वेचविखनका अवस्था निकै भयावह बने पनि यस सम्बन्धि सवाल भने छायामा परेको छ । राष्ट्रिय मानवअधिकार आयोगको मानव वेचविखन सम्बन्धि राष्ट्रिय प्रतिवेदन २०७६ तथा विभिन्न अध्ययन अनुसन्धानहरुले नेपालका बार्षिक १७ हजार भन्दा बढि महिला र वालवालिका तथा पुरुषको बेचविखन भईरहेको देखाएको छ । मानववेचविखनका आरोप सहित परेका उजुरी भने आर्थिक वर्ष २०७५ /०७६ को  चैत्र मशान्त सम्म केवल १ सय ७५ मात्र रहेका छन । नेपाल प्रहरी मानववेचविखन , अनुसन्धान  ब्युरोबाट तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षमा मानववेचबिखन विरुद्धका उजुरीको संख्या ३०५ रहेको थियो । आर्थिक वर्ष २०७४/७५ र २०७६ को चैत्र मशान्त सम्मको तथ्यांकलाई हेर्न हो भने प्रदेश ५ मा सबै भन्दा बढि १२२ वटा प्रदेश १ मा सबै भन्दा कम ८७ वटा मानववेचविखन घट्नाका उजुरी परेको देखिन्छ । 


            मानव वेचविखन दण्डनिय अपराध भएकोले यस तर्फ सबै सचेत हुनु पर्ने र अपराधमा संलग्न व्यक्तिलाई कडा कारवाहि हुनु पर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन । मानव वेचविखन रोक्नका लागि गाउँ गाउँमा सचेतीकरण ,कानुनको कार्यान्वयन हुनु पर्नेमा उपस्थित सहभागीको भनाई थियो । कार्यक्रममा बोल्दै प्रदेश ५  सामाजिक विकास डिभिजन  कार्यालय गजेहडा कपिलवस्तुका  प्रमुख नरेन्द्र बेल्बासेले मानव बेचविखन तथा ओसार पसार दण्डनिय अपराध भएकोले यसमा संलग्न जो कोहिलाई पनि कडा कारवाहि हुनु पर्ने बताउनु भयो । 

        यस प्रकारका गतिविधि रोक्न सबैले होस्टेमा हैसे गर्नु पर्ने धारणा राख्नु भयो । कार्यक्रममा इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक आयुष प्रसाद जोशीले अहिले सम्म मानव वेचविखनका उजुरीहरु कार्यालयमा नआएको बताउनु भयो । यस्ता अपराधका घट्ना हुन नदिन सबैले सघाउनु पर्ने जनाउनु भयो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका उपाध्यक्ष पार्वती पाण्डेले बनेका कानुन कार्यान्वयनमा आए मात्र पिडितले न्याय पाउने बताउनु भयो । प्रहरी , नागरिक समाज , सञ्चारकर्मी  , समुदाय सबै सचेत बन्ने हो भने अपराधीक घट्ना कम हुने बताउनु भयो । त्यस्तै कार्यक्रममा शिक्षिका दिना  सुबेदीले प्रहरीले अपराधका घट्नामा विशेष ध्यान दिई  पिडितलाई न्कयाय दिन सघाउनु पर्ने धारणा राख्नु भयो ।

        संस्थाका अध्यक्ष तेजप्रसाद आचार्यले संस्थाले निरन्तर रुपमा महिला ,  वालवालिका , एकल महिला , द्धन्दपिडित महिलाको शिक्षा , स्वास्थ्यका बारेमा काम गर्दै आएको बताउनु भयो । कार्यक्रममा संस्थाका उपाध्यक्ष सुर्यकुमारी शाहिले मानववेचविखन दण्डनिय अपराध हो भन्ने कुरा सबैलाई वुझाउन आवश्यक रहेको बताउनु भयो ।   कार्यक्रममा संस्थाका सचिव रोमाकान्त घिमिरेले मानव वेचविखन सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।   सिद्धार्थ सामाजिक विकास केन्दको आयोजना  र प्रदेश ५  सामाजिक विकास डिभिजन  कार्यालय गजेहडा कपिलवस्तुको सहयोगमा  स्थानिय गैर सरकारी संस्थाका प्रतिनिधि , विभिन्न सञ्जाल तथा जनप्रतिनिधिहरु सँग मानव वेचविखन तथा ओसार पसार न्युनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको  हो ।

        कार्यक्रमको सञ्चालन हरिलाल शर्माले गर्नु भएको थियो ।   मानव वेचविखन तथा ओसार पसार भन्नाले कसैले कुनै पनि मानिसलाई विक्री गर्ने उद्देश्यले ललाई फकाई प्रलोभनमा पारी झुक्काई डर , त्रास वा वल प्रयोग गरि वा नगरी देश भित्र वा वाहिर एक ठाउँबाट अर्को ठाउँमा लैजाने वा लगि बिक्री गर्ने अन्य कुनै तरिकाले वेश्यावृत्तिमा लगाउने कार्यलाई जनाउछ । मानव वेचविखन तथा ओसार पसारलाई दण्डनिय गंभिर अपराधको रुपमा मानेको छ  । 

दण्ड सजाय तथा क्षतिपुर्ति सम्बन्धी व्यवस्था  :

  मानव वेचविखन अपराध नियन्त्रण ऐन २०६४ अनुसार मानिस किन्ने वा बाच्नेलाई २० वर्ष कैद र २ लाख रुपैया जरिवाना हुने छ । कुनै प्रकारको फाइदा लिई वा नलिई बेश्यावृत्तिमा लगाउनेलाई कसुरको मात्रा अनुसार १० वर्ष देखि १५ वर्ष सम्म कैद  र ५० हजार रुपैया देखि १ लाख रुपैया सम्म जरिवाना हुने छ । प्रचलित कानुन बमोजिम बाहेक मानिसको कुनै अंग झिक्नेलाई १० वर्ष कैद र २ लाख रुपैया देखि ५ लाख रुपैया सम्म जरिवाना हुने छ ।

         बेश्यागमन गर्नेलाई एक महिना देखि ३ महिना सम्म कैद र २ हजार रुपैया देखि ५ हजार रुपैया सम्म जरिवाना हुने छ । किन्न बेच्न वा वेश्यावृत्तिमा लगाउने उद्देश्यले मानिसलाई विदेश लैजानेलाई १० वर्ष देखि १५ वर्ष सम्म कैद र ५० हजार रुपैया देखि १ लाख रुपैया सम्म जरिवाना र वालवालिका लगेको भएमा १५ वर्ष देखि २० वर्ष सम्म कैद र १ लाख देखि २ लाख रुपैया सम्म जरिवाना हुने छ । नेपाल भित्रको एक ठाउँबाट अर्को ठाउँमा लैजानेलाई १० वर्ष कैद र ५ हजार रुपैया देखि १ लाख रुपैया सम्म जरिवाना र वालवालिका लगेको भए १० वर्ष देखि १२ वर्ष सम्म कैद र १ लाख रुपैया जरिवाना हुने छ । 

प्रकाशित : १६ असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६