ब्रेकिंग न्युज

कपिलवस्तुका बिद्यालय सुधार र बिकासमा २० करोड :१० पालिकामा कहाँ कति ?



कपिलवस्तु १८ असार । कपिलवस्तुमा विद्यालय सुधार तथा विकासका लागि संघीय सरकारवाट १९ करोड वढि रकम विनीयोजन भएको छ । विद्यालय भवन, शौचालय निर्माण, नमुना विद्यालयको विकास, शिक्षक दरवन्दी व्यस्थापन, पुस्तकालय स्थापना, सूचना प्रविध मैत्री विद्यालय निर्माण लगाएतका शिर्षकमा खर्च गर्नको लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कपिलवस्तुका लागि कुल रकम  १९ करोड ५७ लाख ५० हजार छुट्याएको हो ।

यसको जानकारी स्थानीय तहलाई पठाईसकेको छ । आर्थिक वर्ष २०७७/०७८ मा जिल्लाका १० पालिका मार्फत कार्यक्रम कार्यान्वयनका लागि सो वरावरको जानकारी मन्त्रालयवाट स्थानीय तहलाई पठाईएको जनाईएको छ । विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गत जिल्लाका १० वटा स्थानीय तहमा उक्त रकम आउने भएको हो । सो रकमवाट प्रत्येक स्थानीय तहले आ–आफनो क्षेत्रमा शिक्षाको विकासका लागि योजना वनाई काम गर्नु पर्ने छ ।

संघिय सरकार मार्फत उपलव्ध हुने रकम अन्तर्गत जिल्लामा सवैभन्दा वढि वुद्धभुमि नगरपालीकालाई उपलव्ध गराईएको छ । नगरको लागि ३ करोड ३८ लाख ५० हजार रहेको छ भने सवै भन्दा कम विजयनगर गाँउपालीकालाई छुट्याईएको छ । जसको लागि ९७ लाख ५० हजार रकम रहेको छ ।

यस्तै दोश्रोमा वाणगंगा नगरपालीकामा ३ करोड ७ लाख रकम छुट्याईएको छ । तेश्रोमा शिवराज नगरको लागि २ करोड ८९ लाख ५० हजार रहेको छ । वजेट अन्तर्गत कपिलवस्तु नगरपालीकालाई १ करोढ ४४ लाख ५० हजार, कृष्णनगर नगरपालीकालाई १ करोड ३३ लाख ५० हजार, महाराजगंज नगरपालीकालाई २ करोड ५० हजार, मायादेवी गाँउपालीकालाई २ करोड २७ लाख, यशोधरा गाँउपालीकालाई १ करोड २५ लाख र सुद्धोधन गाँउपालीकालाई १ करोड ६५ लाख रकम छुट्याईएको हो । 

जिल्लाका १० स्थानीय तहमा भौतिक पुर्वाधारका लागि १३ करोड ८९ लाख रकम छुट्याईएको छ । विद्यालय भवन निर्माणका लागि प्रति विद्यालय ३६ लाखका दरले १७ वटा विद्यालय भवन निर्माणका लागि ६ करोड १२ लाख विनीयोजन भएको हो । २६ वटा स्वच्छता कायम गरि शौचालय निर्माण गरिने भएको छ । जसको लागि १ करोड ८२ लाख उपलव्ध गराईएको छ । विद्यालय प्रवलिकरण रेक्टोफिटिङ कार्यक्रम अन्तर्गत प्रति विद्यालय १५ लाखका दरले ३ वटा विद्यालय वनाउनको लागि ४५ लाख, नमुना विद्यालय सुधार गुरु योजना अनुरुप भौतिक निर्माणका लागि ४ स्थानीय तहका लागि ५ करोड ५० लाख रकम छुट्याईएको छ । 

साथै साझेदारीमा आधारीत साक्षर नेपाल अभियान संचालनका लागि १० स्थानीय तहमा १६ लाख, नमुना विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय योजना कार्यान्वयनका लागि कार्यसम्पादनमा आधरीत अनुदानका लागि शिवराज नगरपालीकालाई ५ लाख रकम छुट्याईएको छ । शिक्षक दरवन्दी तथा शिक्षक अनुदान प्राप्त नगरेका सामुदायिक विद्यालयलाई एकमुष्ट अनुदान (प्रति विद्यालय १० लाख) का दरले २५ विद्यालयका लागि २ करोड ५० लाख, गणीत विज्ञान र अंग्रेजी विषयका लागि क्रियाकलापमा आधारीत समाग्री अनुदान (प्रति विद्यालय ५० हजार)का दरले १२ विद्यालयका लागि ६० लाख, माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला अनुदान (प्रति विद्यालय ६ लाख ५० हजार) का दरले १५ विद्यालयका लागि ९७ लाख ५० हजार, १२ वटा विद्यालयका लागि माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना तथा व्यवस्थापन (प्रति विद्यालय ६ लाख ५० हजार) का दरले ७८ लाख, विद्यालयम सूचना प्रविधिको प्रयोग तथा समाग्री खरिद (प्रति विद्यालय ६ लाख ५० हजार) मा १४ विद्यालयका लागि ९१ लाख र ५० वटा विद्यालयलाई तोकिएको सूचाकंका आधारमा कार्यसम्पादनमा राम्रो गर्ने विद्यालयलाई दिईने अनुदान (प्रति विद्यालय ५० हजार) मार्फत २५ लाख रकम विनीयोजन गरिएको हो । पालिकागत रुपमा हेर्दा यस्तो छ । 

कपिलवस्तु नगरपालिका :

यस नगरपालीका अन्तर्गत विद्यालय भवन निर्माण (प्रति विद्यालय ३६ लाख) मा २ वटा भवन निर्माणका लागि ७२ लाख, ३ वटा वास सुविधा भएको शौचालय (प्रति विद्यालय ७ लाख) अन्तर्गत २१ लाख, साझेदारीमा आधारीत साक्षर नेपाल अभियान संचालन लागि २ लाख, गणीत विज्ञान र अंग्रेजी विषयका लागि क्रियाकलापमा आधारीत समाग्री अनुदान (प्रति विद्यालय ५० हजार) का दरले ३ वटाका लागि १ लाख ५० हजार, २ वटा माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला अनुदान (प्रति विद्यालय ६ लाख ५० हजार) का दरले १३ लाख, माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना तथा व्यवस्थापन (प्रति विद्यालय ६ लाख ५० हजार) का दरले ३ वटाका लागि १९ लाख ५० हजार, विद्यालयम सूचना प्रविधिको प्रयोग तथा समाग्री खरिद (प्रति विद्यालय ६ लाख ५० हजार) का दरले २ वटाका लागि १३ लाख र तोकिएको सूचाकंका आधारमा कार्यसम्पादनमा राम्रो गर्ने विद्यालयलाई दिईने अनुदान (प्रति विद्यालय ५० हजार) का दरले ५ वटा विद्यालयका लागि २ लाख ५० हजार गरि १ करोड ४४ लाख ५० हजार रकम विनीयोजन गरिएको छ । 

कृष्णनगर नगरपालिका :

यस नगरपालीका अन्तर्गत विद्यालय भवन निर्माण (प्रति विद्यालय ३६ लाख) मा २ वटा भवन निर्माणका लागि ७२ लाख, २ वटा वास सुविधा भएको शौचालय (प्रति विद्यालय ७ लाख) अन्तर्गत १४ लाख, साझेदारीमा आधारीत साक्षर नेपाल अभियान संचालनका लागि २ लाख, शिक्षक दरवन्दी तथा शिक्षक अनुदान प्राप्त नगरेका सामुदायिक विद्यालयलाई एकमुष्ट अनुदान (प्रति विद्यालय १० लाख) का दरले ३ वटाका लागि ३० लाख, माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला अनुदान (प्रति विद्यालय ६ लाख ५० हजार) का दरले १ वटाका लागि ६ लाख ५० हजार, विद्यालयम सूचना प्रविधिको प्रयोग तथा समाग्री खरिद (प्रति विद्यालय ६ लाख ५० हजार) का दरले १ वटाका लागि ६ लाख ५० हजार र तोकिएको सूचाकंका आधारमा कार्यसम्पादनमा राम्रो गर्ने विद्यालयलाई दिईने अनुदान (प्रति विद्यालय ५० हजार) का दरले ५ वटा विद्यालयका लागि २ लाख ५० हजार गरि १ करोड ३३ लाख ५० हजार रकम विनीयोजन गरिएको छ । 

वाणगंगा नगरपालीका :

यस नगरपालीका अन्तर्गत विद्यालय भवन निर्माण (प्रति विद्यालय ३६ लाख) मा २ वटा भवन निर्माणका लागि ७२ लाख, ३ वटा वास सुविधा भएको शौचालय (प्रति विद्यालय ७ लाख) अन्तर्गत २१ लाख, नमुना विद्यालय सुधार गुरुयोजना अनुरुप भौतीक निर्माणका लागि १ करोड ५० लाख, साझेदारीमा आधारीत साक्षर नेपाल अभियान संचालनका लागि १ लाख, गणीत विज्ञान र अंग्रेजी विषयका लागि क्रियाकलापमा आधारीत समाग्री अनुदान (प्रति विद्यालय ५० हजार) का दरले ४ वटाका लागि २ लाख, माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला अनुदान (प्रति विद्यालय ६ लाख ५० हजार) का दरले ३ वटाका लागि १९ लाख ५० हजार, माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना तथा व्यवस्थापन (प्रति विद्यालय ६ लाख ५० हजार) का दरले ४ वटाका लागि २६ लाख, विद्यालयम सूचना प्रविधिको प्रयोग तथा समाग्री खरिद (प्रति विद्यालय ६ लाख ५० हजार) का दरले २ वटाका लागि १३ लाख, तोकिएको सूचाकंका आधारमा कार्यसम्पादनमा राम्रो गर्ने विद्यालयलाई दिईने अनुदान (प्रति विद्यालय ५० हजार) का दरले ५ वटाका लागि २ लाख ५० हजार गरि३ करोड ७ लाख रकम विनीयोजन गरिएकोहो 

वुद्धभुमि नगरपालीका :

यस नगरपालीका अन्तर्गत विद्यालय भवन निर्माण (प्रति विद्यालय ३६ लाख) मा २ वटा भवन निर्माणका लागि ७२ लाख, ३ वटा वास सुविधा भएको शौचालय (प्रति विद्यालय ७ लाख) अन्तर्गत २१ लाख, विद्यालय प्रवलिकरण (रेक्टोफिटिङ कार्यक्रम (प्रति विद्यालय १५ लाख) १ वटाका लागि १५ लाख, नमुना विद्यालय सुधार गुरुयोजना अनुरुप भौतीक निर्माणका लागि १ करोड ५० लाख, साझेदारीमा आधारीत साक्षर नेपाल अभियान संचालन लागि १ लाख, शिक्षक दरवन्दी तथा शिक्षक अनुदान प्राप्त नगरेका सामुदायिक विद्यालयलाई एकमुष्ट अनुदान (प्रति विद्यालय १० लाख) का दरले ३ वटाका लागि ३० लाख, गणीत विज्ञान र अंग्रेजी विषयका लागि क्रियाकलापमा आधारीत समाग्री अनुदान (प्रति विद्यालय ५० हजार) का दरले ३ वटाका लागि १ लाख ५० हजार, माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला अनुदान (प्रति विद्यालय ६ लाख ५० हजार) का दरले २ वटाका लागि १३ लाख, माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना तथा व्यवस्थापन (प्रति विद्यालय ६ लाख ५० हजार) का दरले ३ वटाका लागि १९ लाख ५० हजार, विद्यालयम सूचना प्रविधिको प्रयोग तथा समाग्री खरिद (प्रति विद्यालय ६ लाख ५० हजार) का दरले २ वटाका लागि १३ लाख र तोकिएको सूचाकंका आधारमा कार्यसम्पादनमा राम्रो गर्ने विद्यालयलाई दिईने अनुदान (प्रति विद्यालय ५० हजार) ५ वटाका लागि २ लाख ५० हजार गरि ३ करोड ३८ लाख ५० हजार रकम विनीयोजन गरिएको छ । 

महाराजगंज नगरपालीका :

यस नगरपालीका अन्तर्गत विद्यालय भवन निर्माण (प्रति विद्यालय ३६ लाख) मा ३ वटा भवन निर्माणका लागि १ करोड ८ लाख, ४ वटा वास सुविधा भएको शौचालय (प्रति विद्यालय ७ लाख) अन्तर्गत २८ लाख, साझेदारीमा आधारीत साक्षर नेपाल अभियान संचालन लागि २ लाख, शिक्षक दरवन्दी तथा शिक्षक अनुदान प्राप्त नगरेका सामुदायिक विद्यालयलाई एकमुष्ट अनुदान (प्रति विद्यालय १० लाख) का दरले ४ वटाका लागि ४० लाख, गणीत विज्ञान र अंग्रेजी विषयका लागि क्रियाकलापमा आधारीत समाग्री अनुदान (प्रति विद्यालय ५० हजार) का दरले १ वटाका लागि ५० हजार, माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला अनुदान (प्रति विद्यालय ६ लाख ५० हजार) का दरले १ वटाका लागि ६ लाख ५० हजार, माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना तथा व्यवस्थापन (प्रति विद्यालय ६ लाख ५० हजार) का दरले १ वटाका लागि ६लाख ५० हजार, विद्यालयम सूचना प्रविधिको प्रयोग तथा समाग्री खरिद (प्रति विद्यालय ६ लाख ५० हजार) का दरले १ वटाका लागि ६ लाख ५० हजार, तोकिएको सूचाकंका आधारमा कार्यसम्पादनमा राम्रो गर्ने विद्यालयलाई दिईने अनुदान (प्रति विद्यालय ५० हजार) का दरले ५ वटाका लागि २ लाख ५० हजार गरि २ करोड ५० हजार रकम विनीयोजन गरिएको छ ।

शिवराज नगरपालीका :

यस नगरपालीका अन्तर्गत विद्यालय भवन निर्माण (प्रति विद्यालय ३६ लाख) मा २ वटा भवन निर्माणका लागि ७२ लाख, ३ वटा वास सुविधा भएको शौचालय (प्रति विद्यालय ७ लाख) अन्तर्गत २१ लाख, विद्यालय प्रवलिकरण (रेक्टोफिटिङ कार्यक्रम (प्रति विद्यालय १५ लाख) का दरले १ वटाका लागि १५ लाख, नमुना विद्यालय सुधार गुरुयोजना अनुरुप भौतीक निर्माण अन्तर्गत १ करोड, साझेदारीमा आधारीत साक्षर नेपाल अभियान संचालनका लागि १लाख, नमुना विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय योजना कार्यान्वयनका लागि कार्यसम्पादनमा आधरीत अनुदान का लागि ५ लाख, शिक्षक दरवन्दी तथा शिक्षक अनुदान प्राप्त नगरेका सामुदायिक विद्यालयलाई एकमुष्ट अनुदान (प्रति विद्यालय १० लाख) का दरले ४ वटाका लागि ४० लाख, गणीत विज्ञान र अंग्रेजी विषयका लागि क्रियाकलापमा आधारीत समाग्री अनुदान (प्रति विद्यालय ५० हजार) का दरले १ वटाका लागि ५० हजार, माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला अनुदान (प्रति विद्यालय ६ लाख ५० हजार) का दरले २ वटाका लागि १३ लाख, माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना तथा व्यवस्थापन (प्रति विद्यालय ६ लाख ५० हजार) का दरले१ वटाका लागि ६ लाख ५० हजार, विद्यालयम सूचना प्रविधिको प्रयोग तथा समाग्री खरिद (प्रति विद्यालय ६ लाख ५० हजार) का दरले २ वटाका लागि १३ लाख, तोकिएको सूचाकंका आधारमा कार्यसम्पादनमा राम्रो गर्ने विद्यालयलाई दिईने अनुदान ( प्रति विद्यालय ५० हजार) का दरले ५ वटाका लागि २ लाख ५० हजार गरि २ करोड ८९ लाख ५० हजार रकम विनीयोजन गरिएको छ ।

मयादेवी गाँउपालीका :

यस गाँउपालीका अन्तर्गत विद्यालय भवन निर्माण (प्रति विद्यालय ३६ लाख) मा १ वटा भवन निर्माणका लागि ३६ लाख, २वटा वास सुविधा भएको शौचालय (प्रति विद्यालय ७ लाख) अन्तर्गत १४ लाख, नमुना विद्यालय सुधार गुरुयोजना अनुरुप भौतीक निर्माण अन्तर्गत १ करोड ५० लाख, साझेदारीमा आधारीत साक्षर नेपाल अभियान संचालनका लागि २ लाख, नमुना विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय योजना कार्यान्वयनका लागि कार्यसम्पादनमा आधरीत अनुदान, शिक्षक दरवन्दी तथा शिक्षक अनुदान प्राप्त नगरेका सामुदायिक विद्यालयलाई एकमुष्ट अनुदान (प्रति विद्यालय १० लाख) का दरले १ वटाका लागि १० लाख, माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला अनुदान (प्रति विद्यालय ६ लाख ५० हजार) का दरले १ वटाका लागि ६ लाख ५० हजार, विद्यालयम सूचना प्रविधिको प्रयोग तथा समाग्री खरिद  (प्रति विद्यालय ६ लाख ५० हजार) का दरले १ वटाका लागि ६ लाख ५० हजार, तोकिएको सूचाकंका आधारमा कार्यसम्पादनमा राम्रो गर्ने विद्यालयलाई दिईने अनुदान (प्रति विद्यालय ५० हजार) का दरले ५ वटाका लागि २ लाख ५० हजार गरि २ करोड २७ लाख ५० हजार रकम विनीयोजन गरिएको छ ।

यशोधरा गाँउपालीका :

यस गाँउपालीका अन्तर्गत विद्यालय भवन निर्माण (प्रति विद्यालय ३६ लाख) मा १ वटा भवन निर्माणका लागि ३६ लाख, २वटा वास सुविधा भएको शौचालय (प्रति विद्यालय ७ लाख) अन्तर्गत १४ लाख, विद्यालय प्रवलिकरण (रेक्टोफिटिङ कार्यक्रम (प्रति विद्यालय १५ लाख) १ वटाका लागि १५ लाख, साझेदारीमा आधारीत साक्षर नेपाल अभियान संचालनका लागि २ लाख, नमुना विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय योजना कार्यान्वयनका लागि कार्यसम्पादनमा आधरीत अनुदान, शिक्षक दरवन्दी तथा शिक्षक अनुदान प्राप्त नगरेका सामुदायिक विद्यालयलाई एकमुष्ट अनुदान (प्रति विद्यालय १० लाख) का दरले ३ वटाका लागि ३० लाख, माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला अनुदान (प्रति विद्यालय ६ लाख ५० हजार) का दरले १ वटाका लागि ६ लाख ५० हजार, विद्यालयम सूचना प्रविधिको प्रयोग तथा समाग्री खरिद  (प्रति विद्यालय ६ लाख ५० हजार) का दरले १ वटाका लागि ६ लाख ५० हजार, तोकिएको सूचाकंका आधारमा कार्यसम्पादनमा राम्रो गर्ने विद्यालयलाई दिईने अनुदान (प्रति विद्यालय ५० हजार) का दरले ५ वटाका लागि २ लाख ५० हजार गरि १ करोड १२ लाख ५० हजार रकम विनीयोजन गरिएको छ ।

विजयनगर गाँउपालीका :

यस गाँउपालीका अन्तर्गत विद्यालय भवन निर्माण (प्रति विद्यालय ३६ लाख) मा १ वटा भवन निर्माणका लागि ३६ लाख, २वटा वास सुविधा भएको शौचालय (प्रति विद्यालय ७ लाख) अन्तर्गत १४ लाख, साझेदारीमा आधारीत साक्षर नेपाल अभियान संचालनका लागि २ लाख, नमुना विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय योजना कार्यान्वयनका लागि कार्यसम्पादनमा आधरीत अनुदान, शिक्षक दरवन्दी तथा शिक्षक अनुदान प्राप्त नगरेका सामुदायिक विद्यालयलाई एकमुष्ट अनुदान (प्रति विद्यालय १० लाख) का दरले ३ वटाका लागि ३० लाख, माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला अनुदान (प्रति विद्यालय ६ लाख ५० हजार) का दरले १ वटाका लागि ६ लाख ५० हजार, विद्यालयम सूचना प्रविधिको प्रयोग तथा समाग्री खरिद (प्रति विद्यालय ६ लाख ५० हजार) का दरले १ वटाका लागि ६ लाख ५० हजार, तोकिएको सूचाकंका आधारमा कार्यसम्पादनमा राम्रो गर्ने विद्यालयलाई दिईने अनुदान (प्रति विद्यालय ५० हजार) का दरले ५ वटाका लागि २ लाख ५० हजार गरि ९७ लाख रकम विनीयोजन गरिएको छ

सुद्धोधन गाँउपालीका  :

यस गाँउपालीका अन्तर्गत विद्यालय भवन निर्माण (प्रति विद्यालय ३६ लाख) मा १ वटा भवन निर्माणका लागि ३६ लाख, २वटा वास सुविधा भएको शौचालय (प्रति विद्यालय ७ लाख) अन्तर्गत १४ लाख, साझेदारीमा आधारीत साक्षर नेपाल अभियान संचालनका लागि १ लाख, शिक्षक दरवन्दी तथा शिक्षक अनुदान प्राप्त नगरेका सामुदायिक विद्यालयलाई एकमुष्ट अनुदान (प्रति विद्यालय १० लाख) का दरले ४ वटाका लागि ४० लाख, माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला अनुदान (प्रति विद्यालय ६ लाख ५० हजार) १ वटाका लागि ६ लाख ५० हजार, विद्यालयम सूचना प्रविधिको प्रयोग तथा समाग्री खरिद (प्रति विद्यालय ६ लाख ५० हजार) का दरले १ वटाका लागि ६ लाख ५० हजार, तोकिएको सूचाकंका आधारमा कार्यसम्पादनमा राम्रो गर्ने विद्यालयलाई दिईने अनुदान (प्रति विद्यालय ५० हजार) का दरले ५ वटाका लागि २ लाख ५० हजार गरि १ करोड ६५ लाख रकम विनीयोजन गरिएको छ 

प्रकाशित : १८ असार २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६