रुपन्देही २३ असार । लुम्विनी साझेदारी बनमा धमाधम ठूला रुख काटेको देख्दा कतिपय विरोध गर्नेहरुले बन समाप्त हुने भयो भनेर आरोप लगाएको बन ब्यवस्थापन समितिका अध्यक्ष जविउल्लाह खाँले बताउनु भएको छ । उहाले तर अहिले लुम्बिनी साझेदारी वनले गरेको काम देखेर विरोध गर्नेहरु नै दङ्ग परेको दावि गर्नु भएको छ ।
वन ब्यवस्थापनका लागि कम्पार्टमेन्ट सब कम्पार्टमेन्ट फायरलाईन निर्माण ,थिनिङ्ग, पुर्नरुत्पादन ,ढलपाडा रुखलाई संकलन गरेर काठ दाउराको रुपमा चटटा लगाउने र उपभोक्तालाई काठ र दाउरा उपलब्ध गराउने गरेवाट यतिबेला उनीहरुको विश्वास बन प्रति बढेको औल्याउनु भयो । वैज्ञानिक तवरले व्यवस्थापन गरी आय आर्जन र रोजगारीमा समेत टेवा पुराउन साझेदारी वनमा बैज्ञानिक वन व्यवस्थापनको सुरुवात भएपछि बनको हैसियत बढेर गएको स्थानीय उपभोक्ताहरु समेत वताउछन् ।कञ्चन १का जगमान बुढाले पहिले मानिसले जंगल मास्थे अहिले बचेको छ भन्नु भयो । बनमा हेरालु छन् त्यसैले गलत सोचले कोही जंगल पस्ने आट गर्दैनन् उहाले भन्नु भयो ।
स्वयम कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण क्षेत्री समेत बैज्ञानिक बन ब्यवस्थापनले बन क्षेत्रको विकास र संरक्षणमा योगदान पुगेको वताउनु हुन्छ । ब्यवस्थापन समितिले सबैलाई समान महत्व र निष्पक्ष ब्यवहार गर्ने काम सधैब स्मरण गर्नु पर्ने उहाको सुझाव छ । सो बनमा १५ हेक्टर क्षेत्रफलमा बैज्ञानिक वन ब्यवस्थापन भएको छ ।
हालका सैनामैना ,लुम्विनी सास्कृतिक नगरपालिका , कञ्चन र गैडहवा लगायतका ४ गाउपालिकाका २५ हजार ९ सय ३४ घरधुरीका १ लाख ६५ हजार १ सय ५७ जनसंख्या वनका उपभोक्ता रहेका छन् । वनको उत्पादनका रुपमा काठ दाउरा र घासपातले स्थानीय आश्रित उपभोक्तालाई दैनिक उपभोगमा सहजता थपेको अध्यक्ष खाँको भनाइछ ।
प्रतिक्रिया