मनोरञ्जन

‘राम कथा’ गीत युटुवमार्फत सार्वजनिक



बुटवल २७ असार । गीतकार तथा संगितकार शिव  सुवेदीले नयाँ गीत ‘राम कथा’ ल्याएका छन् । माया प्रेममा आधारित यो गीत युटुवमार्फत सार्वजनिक गरिएको छ । आफ्नै शव्द र संगीत रहेको गीतमा रुपक डोटेलको स्वर दिएका छन् । यो गित सुवेदीले आफ्नै नामको युटुव च्यानलबाट सार्वजनिक गरेका हुन् ।बुटवलको भुगोलमा छायांकन गरिएको गीतको भिडियो समेत उत्कृष्ट रहेको छ । भिडियोमा धेरै समय को अन्तराल पछि फेरि म्युजिक भिडियो मा फर्किएका सुरज पन्थले अभिनय गरेका छन् । आवास ज्ञवाली, प्रभा न्यौपाने, रोशन शर्मा, अन्सु भुसाल, टिका खनालले अभिनयमा साथ दिएका छन् । महेश विक्रम पाण्डेको एजेन्स रहेको गीतको भिडियो प्रदीप कंडेलले खिचेका हुन् ।संगितकार सुवेदीले यसअघि कैयौ एल्बमहरु ल्याएका छन् । दर्शक श्रोताले निकै रुचाएका कलाकार सुवेदीले यो गीतलाई पनि रुचाइने विश्वास गरेका छन् ।

प्रकाशित : २७ असार २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६