काठमाडौं, १ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद समधानको निम्ती (आज) विहिबार पनि छलफल हुने भएको छ । आजको छलफलमा दुई अध्यक्ष केपी शर्मा ओली र अर्का प्रचण्डसँगै वरिष्ठ नेता माधव नेपाल पनि सहभागी हुने भएका छन् ।बुधबारको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले ‘प्रचण्ड’लाई ‘अर्ली महाधिवेशन’बाट एकल अध्यक्ष बन्न प्रस्ताव राखेका थिए । अध्यक्ष ओलीले तत्काल प्रधानमन्त्री र अध्यक्ष दुबै पद छोड्न नसक्ने भन्दै ‘अर्ली महाधिवेशन’बाट अध्यक्ष पद लिन भनेका हुन् ।बुधबार प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा भएको दुई अध्यक्षबीचको छलफलमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई प्रधानमन्त्री बन्नका लागि चहि अर्को निर्वाचन कुर्न भनेका थिए । अध्यक्षद्धयबीच बुधबार करिब साढे दुई घन्टा भएको छलफल भएको थियो ।
एक सचिवालय सदस्यका अनुसार बुधबारको छलफलमा पनि ओलीले तत्काल भने दुबै पद नछोड्ने प्रष्ट पारेका छन् । बुधबार भएको छलफलमा महासचिव बिष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए ।बालुवाटारमा ओलीसँग भेटेर खुमलटार निवास फर्केका प्रचण्डले वरिष्ठ नेता नेपाल र सचिवालय सदस्य नारायणबाजी श्रेष्ठलाई ब्रिफिङ गरेका थिए । असार १० बाट शुरु भएको स्थायी कमिटी बैठकमा प्रचण्ड र वरिष्ठ नेता नेपाल समूहका नेताले प्रधानमन्त्री तथा अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपामा तिव्र विवाद छ ।विवाद जारी रहेपछि स्थायी कमिटि बैठक आगमी साउन २ गतेलाई सारिएको छ । स्थायी कमिटि बैठक अघि सहमतिको प्रयास जारी राखिएपनि ठोस सहमति भने भएको छैन ।
माधव नेपालले अस्वीकार गरेका थिए ओलीको ‘अर्ली महाधिवेशन’को प्रस्ताव
यसअघि ओलीले असोजभित्रै महाधिवेशन गरेर वरिष्ठ नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव राखेका छन् । तर, ओलीको प्रस्ताव नेपालले अश्वीकार गरेका थिए । १५ वैशाख २०७७ मा भएको छलफलमा प्रधानमन्त्री ओलीले नेपालसमक्ष ‘अर्ली महाधिवेशन’को प्रस्ताव राखेका थिए ।तर, नेपालले असोजमा महाधिवेशन गर्न कुनै पनि हालतमा सम्भवसमेत नभएको भन्दै सो प्रस्ताव ठाडै अश्वीकार गरेका थिए । त्यो प्रस्ताव अस्वीकार गरेपछि ओली र नेपालको छलफलमा पूर्ण बिराम लागेको छ । त्यसयता ओली र नेपालबीच छलफल भएको छैन ।
स्थायी कमिटि सदस्यहरुको माग स् लेनदेन होइन विधिबाट
यसैबीच अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल निकट स्थायी कमिटिका सदस्यहरुले नेकपाभित्रको जारी विवादको समधान दुई अध्यक्षबीचको ‘चोचोमोचो’बाट होइन, विधि र प्रक्रियाबाट हुनुपर्ने निकष्र्ष निकालेका छन् । जारी विवाद दुई अध्यक्षबीचको लेनदेनको कारण नभई पार्टी भित्रको विधि र प्रक्रियाको कारण उत्पन्न भएकोले विधिबाटै समधान गर्नुपर्ने उनीहरुको निचोड छ । बुधबार नेकपाका संसदीय दलका प्रमुख सचेतक देव गुरुङको कार्यकक्ष, सिंहदरबारमा भएको भेलाले जारी विवाद दुई अध्यक्षको लेनदेनका आधारमा टुङ्गिन नसक्ने निकष्र्ष पनि निकालेको एक स्थायी कमिटि सदस्यले बताए ।ती सदस्यले भने, ‘विवादको समधान दुई अध्यक्षको लेनदेनबाट होइन विधि र प्रक्रियाबाट नै खोज्नुपर्ने निचोड छ । जारी समस्या दुई अध्यक्षबीचको लेनदेनबाट उत्पन्न भएको होइन, विधि र प्रक्रिया मिचिएको कारण निस्किएको हो । त्यस कारण समधान विधि र प्रक्रियाबाटै हुनुपर्छ ।’
असार १० बाट शुरु भएको स्थायी कमिटी बैठकमा प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताले प्रधानमन्त्री तथा अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपामा तिव्र विवाद छ । ओलीले अहिलेसम्म कुनै पनि पद नछाड्ने अडान लिएका छन् ।विवाद समधानका लागि भन्दै अध्यक्षद्धय ओली र प्रचण्डबीच दैनिकजसो छलफल भइरहेको छ । ओली र प्रचण्डबीच छलफल जारी रहेकै बेला स्थायी कमिटि सदस्यहरुले विवाद विधि र प्रक्रियाबाट टुंगो लगाउनु पर्ने निचोड निकालेका छन् ।छलफलमा गत १० वैशाखमा स्थायी कमिटी बैठक माग गर्दै ओली र प्रचण्डलाई हस्ताक्षर बुझाउने समूहका बीस सदस्यीय समूहका १७ जना नेताहरू सहभागी थिए ।
बैठक माग गर्ने नेताहरूमा पूर्वमाओवादी समूहका गणेश साह, चक्रपाणि खनाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, मणिचन्द्र थापा, मातृकाप्रसाद यादव, लीलामणि पोखरेल र हरिबोलप्रसाद गजुरेलसहित एघारजना थिए ।त्यस्तै, पूर्वएमाले समूहभित्र वरिष्ठ नेता माधवकुमार नेपालनिकट रहेका भीमबहादुर रावल, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, बेदुराम भुसाल, भीमप्रसाद आचार्य, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, रघुजी पन्त र सुरेन्द्रप्रसाद पाण्डेसहित नौजना थिए । बुधबारको भेलामा भने उपत्यकाबाहिर रहेका सुरेन्द्र पाण्डे, भीम आचार्य र चक्रपाणि खनाल सहभागी भएनन् ।
प्रतिक्रिया