काठमाण्डौ २ साउन । जस्तो सत्तापक्ष उस्तै प्रमुख प्रतिपक्ष भने झै भएकोछ । नेकपा जसरी आन्तरीक विवादमा अल्झेको छ त्यसरी नै कांग्रेसपनि आन्तरीक कलहमा उत्रिएके छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टि (नेकपा(मा देखिएको बिवादको आगो प्रतिपक्षी नेपाली कांग्रेसमा समेत सल्केको छ ।पछिल्लो केही महिना यता बिवादको रापमा पिल्सीएका सत्ताधारी नेकपाका कार्यकताहरुलाई कांग्रेसमा देखिएको किचलोले थोरै भएपनि राहत मिलेको महसुस गरेका छन ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टि ९नेकपा०मा पार्टिका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको आलोचनाबाट सूरु भएको बिवाद राजिनामा माग्ने तह र अवस्था सम्म आई पुगेको छ पछिल्ला केही महिना सान्त देखिएको नेपाली कांग्रेसको बिवादको तापक्रम ह्वात्तै बढेको छ ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टि ९नेकपा०को बिवाद सुक्रवारबाट पुन सूरु हुने स्थायी कमिटी बैठकबाट अझै बढन सक्ने आंकलन गरिएको बेला प्रतिपक्षी कांग्रेसको बिवाद समेत सतहमा आएको छ ।
यसले आफ्नो पार्टि भित्रको बिवाद केही भएपनि ओझेलमा पर्ने अपेक्षा नेकपाका कार्यकर्ताहरुले गरेका छन ।पछिल्लो पटक गएको पुस ११ गते सभापति शेरबहादुर देउवाले आगामी बर्षको फागुन महिनामा १४ औं महाधिवेशन तोकेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतले फरक मत राखेका थिए । तर उक्त बिवाद एकसातामै टुंगीए पछि कांग्रेस कार्यकताहरुले पार्टि एकताको सन्देश गएको भन्दै राहत महशुस गरेका थिए ।
कांग्रेस भित्रको विवाद साम्य बनाउदै दुवै सभापती शेर बहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको सहमतीमा १४ औ महाधिवेशन कार्यतालिका जारी भइसकेको अवस्थामा अनुशासन समितीले गरेको कारवाहीलाई लिएर कांग्रेसमा फेरि गुट विवाद बल्झिएको छ ।सभापति देउवाले अनुशासन समितिको प्रयोग गरेर आफ्ना पक्षकालाई छानिछानी कारबाही गरेको आरोप लगाउदै पौडेल पक्षले साउन महिनाको पहिलो दिन अनुशासन समितीलाई ज्ञापन पत्र दिएको छ ।
अनुशासन समितिले कार्वाही गरेकी बेल्जियम जनसम्पर्क समितिकी सभापति सीता सापकोटाको बिषयले पौडेल पक्ष महाधिवेशन सम्म आफ्नो निकटकालाई सिध्याउने योजनामा लागेको आशंकाले तर्साएको छ ।बरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले बिद्यान र निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै बिहीबार निर्वाचन समितीका संयोजकलाई ज्ञापनपत्र बुझाएका छन ।देउवाले पौडेल र सिटौला पक्षको असहमतिका बीच केही समय पहिले पार्टीमा विभागका संयोजकहरू तोकेका थिए ।
कांग्रेस विधानअनुसार महाधिवेशन भएको छ महिनाभित्र विभाग गठन गरिसक्नु पर्ने थियो । तर देउवाले नियमित कार्यकाल चार वर्ष सकेर थपिएको एक वर्षे समयमा धमाधम विभाग गठन गरेका थिए । २८ विभाग बढाएर कांग्रेसले ४७ पु¥याएको छ ।महाधिवेशन घोषणा भएको र महाधिवेशन आउन ७ महिनामात्रै बाँकी रहेका बेला सभापति देउवाले निर्वाचनको सर्वमान्य मान्यता एवं आचारसंहिताको विपरीत भएको भन्दै पौडेल पक्षले मनोनयन अश्वीकार गर्ने चेतावनी दिएको छ ।
पौडेल समुहले सभापती देउवाले ‘विधि, पद्दति मिचेर विभागहरू गठन गरेको दावी गर्दै आसन्न महाधिवेशनको स्वच्छता र निष्पक्षतालाई ध्यानमा राखेर यस्तो विधान र निर्वाचन आचारसंहिता विपरीतका मनोनयन तथा नियुक्तिहरूलाई स्वीकार नगर्न समेत पार्टीका सम्पूर्ण तहका नेता एवं कार्यकर्तामा आह्वान गरेको छ ।
प्रतिक्रिया