मनोरञ्जन

१४ देशका कलाकारको ‘भर्चुअल कला प्रदर्शनी’ शुरु



कपिलवस्तु ६ साउन । नेपालमा १४  देशका कलाकारले बनाएका सिर्जनाको ‘भर्चुअल कला प्रदर्शनी’ शुरु भएको छ । अन्तरराष्ट्रिय जलरङ समाज नेपालले आफ्नो चौथो वार्षिकोत्सवका अवसरमा उक्त प्रदर्शनी शुरु गरेको हो । सोमबारदेखि शुरु भएको प्रदर्शनी १० दिनसम्म रहने छ । ‘स्प्लासेस’ प्रदर्शनीमा बन्दाबन्दी अवधिमा बनेका ६५ सिर्जना समावेश गरिएको छ । यहाँ नेपाली ३७ र विदेशी २८ कलाकार सहभागी छन् ।समाजले आफ्नो वार्षिकोत्सवका अवसरमा हरेक वर्ष प्रत्यक्षरुपमा प्रदर्शनी गर्दै आएकामा यसपटक विषम परिस्थितिका कारण सम्भव नभएपछि भर्चुअल प्रदर्शनी गरिएको हो । समाजले अन्तरराष्ट्रय कला प्रदर्शनीसमेत हरेक दुई वर्षमा गर्दै आएको थियो । यस वर्ष पनि आगामी भदौमा कार्यक्रमको तयारी हुँदै गर्दा कोभिड–१९ का कारण सम्भव नभएपछि यस वर्ष स्थगन गरिएको छ । 

            समाजका अध्यक्ष एनबी गुरुङका अनुसार यसपटक भने बन्दाबन्दीका समयमा घरभित्रैको क्यानभासमा समेटिएका चित्र प्रदर्शनीमा सहभागी गराइएको छ । प्रदर्शनीबाट विभिन्न मुलुकका कलासंस्कृति आपसमा साटासाट हुने भएकाले एकापसमा सम्बन्ध प्रगाढ बनाउन सहयोग मिल्ने जनाइएको छ । प्रदर्शनीमा नेपाल, भारत, बङ्गलादेश, अमेरिका, चीन, फिलिपिन्स, इरान, इण्डोनेसिया, कोष्टारिका, दक्षिण कोरिया, दक्षिण अफ्रिकालगायत देशको सहभागिता छ । प्रदर्शनीको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै समाजका अन्तरराष्ट्रिय अध्यक्ष अतानुर डोगानले कार्यक्रम नेपालको पहिचान दिलाउन महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । केही वर्षअघि नेपाल आउनुभएका उहाँले नेपालको सुन्दरतामा आफू लोभिएकाले अर्को वर्ष कला सिर्जनाका लागि आउने प्रतिबद्धता  जनाउनुभयो । 

प्रकाशित : ६ श्रावण २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६