मनोरञ्जन

भीष्मराज फुलाराको नयाँ गीत ‘कस्तो भाइरस आयो’



काठमाडौं  १३  साउन। यूवा साहित्यकार तथा गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘कस्तो भाइरस आयो’ सार्वजनिक भएको छ । रामकुमार बस्नेतको स्वर तथा सङ्गीत र रामचन्द्र चन्दको सङ्गीत संयोजन रहेको गीत ‘कस्तो भाइरस आयो।’को भिडियो सार्वजनिक भएको हो ।लिगेस भट्टराईद्वारा निर्देशन तथा सम्पादन गरिएको गीतको भिडियोमा सुरविर पण्डित (दारीबा), दिनेश क.सी., सरिता राजोपाध्याय, ज्ञान खत्रीको मुख्य भूमिका रहेको छ भने अन्य कलाकार मा ठण्डबहादुर अधिकारी, योगगुरु सुदन भेटवाल, हेमाङ्गराज गिरी र भीष्मराज फुलारा समेतको अभिनय रहेको छ ।संसारलाई नै आक्रान्त बनाइरहेको कोरोना भाइरस (कोभिड १९)को महामारीलाई समेटेर लेखिएको उक्त कारुणिक गीतको भिडियो गीतकार फुलाराको आफ्नै आधिकारीक यूट्युव च्यानल फुलारा इन्टरटेनमेन्ट नेटवर्क मार्फत सार्वजनिक गरिएको छ ।

                फुलारा लिटरेचर फाउण्डेसन नेपाल र द ल अफिसेस अफबाशु डी। फुलारा पि।सि।को संयुक्त सहकार्यमा निर्माण गरिएको गीतको भिडियोमा वीरेन्द्र भट्टको छायाँकन रहको छ भने उर्मिला लामाको श्रृङ्गार रहेको छ । व्यवस्थापन पक्षको जिम्मेवारी यमप्रसाद ओलीले सम्हालेका छन् भने स्वराङ्कन गणेश सुवेदीको रहेको छ ।‘यतिवेला विश्व नै कोरोना कहरमा छ । हामीकहाँ पनि यसको रोकथाम र नियन्त्रणका लागि भन्दै विगत चार महिना ‘लकडाउन’ गरियो ।

                यसले दैनिक जनजीवनलाई कष्टकर बनायो । देश तथा विदेशमा रहेका क्यौ नेपालीले समेत यो भाइरसका कारण ज्यान गुमाउनु पर्‍यो र परिवारसँग टाढा हुन बाध्य बनायो । यही कहरलाई गीत मार्फत प्रस्तुत गरेको छु’, साहित्यकार तथा गीतिकार फुलाराले भने ।फुलाराको यसअघि आमाहरुमा समर्पित गीत ‘जुनसरी बिलाई गयौं’ सार्वजनिक भएको थियो । फुलाराका यसअघि सार्वजनिक कृतिमध्ये उपन्यास ‘टुहुरो कुण्डली’ र यसको अङ्ग्रेजी संस्करण ‘ओरपान हरस्कोप’ धेरै पाठकले रुचाएको कृति हो ।

प्रकाशित : १३ श्रावण २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६