कपिलवस्तु १६ साउन । कपिलवस्तुमा छाडा चौपाया व्यवस्थापन मुख्य चुनौती वन्दै गएको छ । स्थानीय तहले व्यवस्थापनमा कुनै योजना वनाउन नसक्दा अहिले समस्याको रुपमा देखिदै गएको छ । स्थानीय तह र सरोकारवाला निकायले यसको उचित व्यवस्थापन गर्न नसक्दा अहिले छाडा चौपाया ब्यवस्थापन बजार क्षेत्रमा चुनौतीको रुपमा देखिएको छ । स्थानीय तहले यसको ब्यवस्थापनको लागि न त ठोस नीति समेत बनाउन सकेका छ । न त नियन्त्रण नै हुन सकेको छ ।
त्यसको उचित नीति नहुँदा यसको ब्यवस्थापन र निकासमा बढी चुनौती देखिएको हो । खुलारुपमा पशु चौपाया छाडा हुँदा दुर्घटनाको जोखिमसमेत त्यतिकै बढिरहेको छ । बजारको सुन्दरता पनि घट्दै गएको छ । जिल्लाको गोरुसिगें ,पथ्थरकोट बुड्डि ,ईमिलिया , ४ नं., तौलिहवा लगायतका स्थानमा छाडा पशु चौपाया अहिले एकाएक बढ्नुले यसमा चुनौती झन थपिदिएको छ । संघीय संरचनासँगै स्थानीय तहमा आएका अधिकारलाई प्रयोग गरेर अब स्थानीय तहले सडकमा देखिने छाडा चौपायाको व्यवस्थापन गर्न सक्छन् । तर कपिलवस्तुमा यसको प्रयास भएको देखिएन ।
जिल्लाको बाणगंगा नगरपालीकाले छाडा चौपाया व्यवस्थापनमा चुनौति थपिएको बताएको छ । पछिल्लो समय पशुपालन र्फमहरुबाट चौपाया जथाभावि छोडिदिदाँ छाडा चौपायाको संख्या बढेको बाणगंगा नगरपालीका नगरप्रमुख मगंल थारुले बताउनुभएको छ । छाडा चौपाया व्यवस्थापनका लागी नगरले हरेक बर्ष बजेट विनियोजन गरेपनी उचित स्थान र दिर्घकालिन योजना नहुदाँ व्यवस्थापनमा बाधा पुगेको थारुको भनाई छ । नगरपालीकाले आव २०७७÷०७८ भित्र मधुवन धाम परिसरमा गौशाला निर्माणका लागी छलफल अगाडी बढाएको उहाँले बताउनुभयो । “हामीले छाडा चौपाया व्यवस्थापनका लागी मधुवन धामका अध्यक्ष सगं छलफल गरेका छौ ,चौपाया व्यवस्थापन गरि हामीले नगरको आम्दानी सगं जोड्ने योजनामा पनी छौँ ’’ थारुले भन्नुभयो ।
शिवराज नगरमा यस बर्ष छाडा चौपायाको समस्या नभएको शिवराज नगरपालीकाका नगर प्रमुख नेत्र राज अधिकारीले बताउनुभयो । प्रेसपाटी सगंको फोन सम्र्पकमा उहाँले भन्नुभयो “ गत बर्ष यो समस्या व्यापक थियो ,हामीले बजेट समेत छुट्याएका थियौ । बुद्धभुमि नगरपालीका सगं सहकार्य गरेर मौनिबाबा गौशालामा लगानी गर्ने छलफल भएको थियो । पछि बुद्धभुमि नगरपालीकाले सक्रियता नदेखाएपछि त्यो काम त्यसै छोडीयो । यस बर्ष शिवराजमा छाडा चौपायाको समस्या छैन् । कोरोनाको कहर बढि भएको कारण कोरोना नियन्त्रणमा लागेका छौ । आवश्यक परे,छाडा चौपायाको समस्या देखा परे त्यस तर्फ ध्यान दिने छौ ।’’
यता जिल्लाको सदरमुकाम कपिलवस्तु नगरपालीकामा पनी छाडाचौपायको विगविगी उस्तै छ । सडक छेउछाउँ रहेका तरकारी पसल,बजारमा छाडा चौपायाले बितन्डा नै मच्चाउने गरेको स्थानियको भनाई छ ।छाडा चौपायाका कारण बजार कुरुप मात्रै होईन, मान्छेको ज्यान सम्म लिन सक्छ ,ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक आयुष प्रसाद जोशिका अनुसार छाडाचौपायाका कारण सडक दुर्घटना समेत बढेका छन् । “गत साता जिल्लाको बाणगंगा नगरपालीकामा चौपाया सगं ठक्कर खादाँ मोटरसाईकल दुर्घटना समेत भएको थियो ।
मोटरसाईकल चालक सामान्य घाईते भए ,छाडा चौपाया व्यवस्थापन नभए आगामी दिनमा ठुला दुर्घटना नहोला भन्न सकिदैँन ’’ जोशिले भन्नुभयो । “सडकमा देखिएका चौपायालाई हामीले खाली स्थान वा जगंल तर्फ लखेट्छौ , यो समस्याको समाधान त होईन तर तत्काल दुर्घटना हुन्बाट जोगाउन हामीले यति नै गर्न सक्छौ । चौपाया व्यवस्थापनमा स्थानिय ,प्रदेश र केन्द सरकारबाटै पहल हुनुपर्ने जोशिको भनाई छ। ’’
कपिलवस्तुका स्थानिय का अनुसार स्थानिय सरकारले निश्चित मापदण्ड बनाएर नीतिगत रुपमा नै ब्वस्थापन गर्न जरुरी रहेको बताउनुहुन्छ । उहाँ भन्नु हुन्छ “यो कार्यमा खासै ध्यान दिएको देखिएको छैन । छाडा चौपाया ब्यवस्थापन गर्ने घोषणा गरेको लामो समय बितिसके पनी नगरका छाडा पशु व्यवस्थित हुन नसक्नुले स्थानीय तहले योजना ल्याउने तर कार्यान्वयन नगर्ने आचारणको विकास भएको हो कि भन्ने हाम्रो बुझाई छ । ’’
छाडा चौपाया ब्यवस्थापनको लागि नगरहरुले छाडा चौपायाहरु ब्यवस्थापन गर्न कान्जी हाउस निर्माण, गौशाला स्थापना गरि सहीरुपमा प्रयोग गर्नुपर्ने स्थानियबासीको भनाई छ । छाडा पशु चौपायाको व्यवस्थापन प्रभावकारी नहुँदा सडक छेउछाउका व्यापारी, पैदलयात्री, सवारी चालकलाई बढी सास्ती हुने गरेको छ । बजारका विभिन्न स्थान तथा सडक आसपासमा हुने पशु चौपायाकै कारण धेरै दुर्घटनासमेत हुने गरेका छन् । बजारमा चौपाया छाड्नेलाई पनि कानुनी दायराभित्र ल्याएर सडक छाडा चौपायामुक्त बनाउनतर्फ लाग्नुपर्छ । स्थानीय तहको यो विषयमा गम्भीरता बढाउन सक्नुपर्छ ।
प्रतिक्रिया