अन्तर्राष्ट्रिय

उत्तर प्रदेशकी शिक्षामन्त्री वरुणको कोरोना सङ्क्रमणका कारण मृत्यु



काठमाण्डौ १८ साउन ।  भारत उत्तर प्रदेशकी शिक्षामन्त्री कमला रानी वरुणको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । गएको ३ गते कोरोना पोजेटिभ देखिएपछि लखनउको एसजीपीजी अस्पतालमा भर्ना गरिएकी ६२ वर्षकी वरुणको आज बिहान ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा गएको २४ घण्टामा ५७ हजार १ सय १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै भारतमा कोरोना सङ्क्रमण पुष्टि भएकाहरुको सङ्ख्या साढे १७ लाख नाघेको छ । त्यहाँ आज मात्रै २ हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् ।

           यस्तै ज्यान गुमाउनेको सङ्ख्या ३७ हजार नाघेको छ । भारतको कर्नाटकमा १ सय १० वर्षकी वृद्धा, कोरोना सङ्क्रमणपछि निको हुनुभएको छ । गएको सोमबार कोरोना रिपोर्ट पोजेटिभ आएपछि अस्पताल भर्ना भएकी कर्नाटकको चित्रदुर्गकी १ सय १० वर्षकी वृद्धा निको भएपछि हिजो डिस्चार्ज गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यसैबीच भारत सरकारले भेन्टिलेटर निर्यातमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयको प्रस्तावमा सहमति जनाउँदै भेन्टिलेटर निर्यातमा लागेको प्रतिबन्ध हटाउने निर्णय भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

प्रकाशित : १८ श्रावण २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६