ब्रेकिंग न्युज

प्रहरी युनिटको भूमिकामा प्रश्न, किन हुन्छ तौलिहवा अस्पतालमा पटक पटक हमला ?



कपिलवस्तु २ भदौ  कपिलवस्तु सदरमुकाम तौलिहवामा अवस्थित पुरानो र जीर्ण भवनमा रहेको पृथ्वी अस्पताल यतिबेला चिटिक्कका ब्यवस्थित भवनका साथ सेवा दिन ब्यस्त छ । यतिबेला कपिलवस्तु अस्पतालको नामवाट यूवा चिकित्सको मेहनतकस टीमले यसको स्तर निरन्तर माथि उठाएको छ । नेपाल सरकारले दिने निशुल्क औषधी ,स्वास्थ्य विमा सेवा , विपन्नकालागि उपचारमा हुने सबै सुविधा यतिबेला त्यहा उपलब्ध छन् । अस्पतालको आन्तरीक भौतिक वातावरण  ब्यवस्थि छ । कपिलवस्तुको  विभिन्न स्थान देखि सिमावर्ती भारतीय भूभागका विरामी दैनिक रुपमा  त्यहा उपचार गर्न ठूलो संख्यामा आउने गरेका छन् । 

          विगतलाई स्मरण गर्दा न कुनै उपकरण न योग्य चिकित्सक, अस्पतालका भित्तामा पान खाएर थुकेका धब्बा ,हवास्स गन्हाउने गन्ध, कतिबेला भत्किन्छ जस्तो भवन  यतिवेला इतिहासमा पानामा मात्र सिमित भएकाछन् । अस्पतालको सेवा सुविधा र भौतिक वातारणमा प्रयाप्त सुधार भएको छ । तर त्यहा अहिले सम्म सुधार हुन नसकेको एउटा पाटो छ । जुन चुस्त दुरुस्त र प्रभावकारी नहुदा उपचारमा खटिएका चिकित्सकमाथि एकाएक आक्रमण हुन्छ उनीहरु वाच्नकालागि भाग्नु वाहेक कुनै विकल्प हुदैन । त्यो हो त्यहा खटिएको प्रहरी टोली । घटना हुन्छ कुटाई खाएर घाइते भएक स्वास्थ्यकर्मीले खोज्दै जाँदा मुस्किलले प्रहरी भेट्न पाउछन् । कहिले काही त प्रहरीको मुख सम्म देख्न पाउन्नन् । कपिलवस्तु अस्पतालमा  यस्तै २ घटना साउनको पछिल्ला २ हप्तामा घटे । 

        साउनको तेश्रो हप्ता चियाले  पोलेर शक्त घाइने एकजना शिसुको उपचारका क्रममा मृत्यू भएको भन्दै अस्पतालमा आक्रमण भयो । महत्वपूर्ण उपकरण फुटाइए , चिकित्सक माथि हमला भयो , भागेर ज्यान जोगाए । उनीहरुलाई आशा थियो त्यहा रहेको प्रहरीले सुरक्षा देला अथवा आवश्यक परे आधाकिमी भित्रै रहेको जिल्ला प्रहरीवाट  थप फोर्स मगाउला तर चिकित्सकले त्यसको अनूभूति गर्न पाएनन् । बरु अस्पतालमा तोडफोड गर्ने समुह नारा जुलुश लगाउदै प्रशासन अगाडी पुग्यो धर्ना दियो । फलस्वरुप जिल्ला प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीको संयोजकत्वमा छानविन समिति गठन गरयो । छानविन समितिले सुक्ष्म ढंगले छानविन गरेर सही तथ्य ल्याएर प्राय अस्पतालमा हुने हमलाको निदान खोज्ने छ कपिलवस्तु वासीले यस्तै अपेक्षा गरेका छन् । 

        तर छानविनका नाममा चिकित्सकहरुलाई वजार हल्लाका भरमा विभिन्न प्रश्न सोधेर छानविन समितिले निरुत्साहित गर्ने प्रयास गरेपछि सबै स्वास्थ्यकर्मीले एउटा विज्ञप्ती निकाालेर जिवन रक्षा र काम गर्ने वाताबरण श्रृजना गर्न माग गरे । उनीहरुले उठाएका मध्ये सबैभन्दा ज्वलन्त विषय हो वालकको मृत्यू अकल्पनीय रहयो त्यसमा चिकित्सक दोषि भए कारवाहीकालागि तयार छौं । तर तोडफोड र हातपात गर्नेमाथि पनि प्रशासनले कारवाही गरोस । सायद प्रशासनले जुलुश र धर्ना विना, उत्तेजित नारावाजी विना माग सुन्ने वानी नपरेरै होला यो माग सुनेन । निरिह बनेका स्वास्थ्यकर्मीले कसलाई के गर्न सक्थे र चुपैलागे । 

        यसैबीच फेरी साउनको अन्तिम तिर एक जना पिसिआर रिपोर्ट नेगेटिभ आएका विरामीको अस्पतालमा मृत्यू भयो । एकातिर डेढदर्जन वढी स्वास्थ्यकर्मी कोरोना संक्रमित , अर्काेतिर इमरजेन्सी वाहेका सेवा बन्द ,यस्तो बेलामा स्थिती जटिल भएका एक विरामी अस्पतालमा ल्याइयो । वाहिर लैजानुपर्छ भनेर पटक पटक भनिएको तर त्यहिनै राखिएकाले वचाउन नसकेको अस्पतालका चिकित्सक वताउछन् ।  ती ब्यक्तिको मृत्यूपछि फेरी पनि रातीको समयमा अस्पतालमा आक्रमण भयो । स्वास्थ्यकर्मी भागेरै ज्यान जोगाए । आफ्नै निवासमा आइशोलेसन वनाएर बसेका चिकित्सकमाथि हातपात गर्न खोजियो तर कोरोना संक्रमित भएकाले हातपात हुनवाट बचे । 

        अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट किशोर बन्जाडेले पटक पटक हमला हुदा यहाँ रहेर काम गर्न नसक्ने स्थिती प्राय सबै चिकित्सकले महशुस गरेको वताउनु हुन्छ । यसरी करिव १०÷१५ दिनकै बीचमा २ वटा हमला भए । यस अघि पनि पटक पटक हमला हुने गरेका छन् । अस्पतालका विरुद्धमा सडकमा जाने केहि पात्र (पीडित पक्ष) फेरिन्छन् तर धेरैजसो उनै पुराना पात्र हुन्छन् जो अस्पताल प्रति सधैव नकारात्मक छन् । उनीहरु किन यसो गर्छन ? दोष अस्पतालका चिकित्सकको हो वा अस्पतालमा अस्थिरता मच्चाउन  चाहानेको ? यो अहिले सम्म स्पष्ट  छैन । 

           तर यो कुरा स्पष्ट छ जव सम्म पीडित भएको अवस्थामा आक्रोसित भएका सिमित ब्यक्तिका साथमा अस्पतालमा हमला गर्न जुटीहाल्ने तत्वको खोजी हुनु पर्छ र उनीहरुको उपचार हुनु जरुरीछ । प्रशासनले छानविन चिकित्सक र स्वास्थ्यकर्मी माथि मात्र होइन त्यो तत्वमाथि गर्नु पर्छ । यसो गर्न गाह्रो छैन । फेसवुकवाटै स्टाटस लेखेर अस्पतालमा तोडफोड गर्न र चिकित्सकलाई हमला गर्न जरुरी रहेको आवहान गरिन्छ । कुटपीट भएका कुरा गर्वका साथ फेसवुकमा लेखिन्छ । तर प्रशासनले यो विषय देख्छ की देख्दैन ? खोज्छ की खोज्दैन ? थाहा छैन । 

        एकातिर लामो समयदेखि अस्पताल ब्यवस्थापन समिति विहिन छ । नेतृत्वको  उपस्थिती छैन । अर्कातिर यहि मौकामा पटक पटक हमला भएका छन् । स्थिती कहा सम्म जटिल मोडमा पुगको छ भने अधिकांस चिकित्सकहरु तत्काल त्यहावाट सरुवा माग प्रदेश  ५ सरकारको विषयगत मन्त्रालयसंग गरेकाछन् । उनी जान्छन् की बस्छन त्यो त्यति ठूलो विषय नवन्ला तर राम्रो अवस्थामा पुगेको अस्पतालका चिकित्सक ज्यान जोगाउन नसक्ने स्थिती आएपछि सरुवा मागेर भाग्न खोज्नुले कपिलवस्तु प्रशासन र प्रहरी प्रति आवश्यक प्रश्न भने उठ्न सक्छ । 

        यता प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले पटक पटक किन विवाद हुन्छ भनेरै छानविन समिति बनाएर १५ दिनको म्याद दिएको वताउनु हुन्छ । उहाले रिपोर्टको अध्ययन पछि  जो जो दोषिछन् उनीहरु कारवाहीको दयरामा आउछन् भन्नु भयो । प्रहरी उपरिक्षक नवराज अधिकारीले अस्पतालमा पटक पटक घटना भएपछि पछिल्लो घटना पश्चात प्रहरी नियमित डयूटीमा खटाएको वताउनु भयो । त्यस अघि  त्यहा प्रहरी सिभिलमा खटिन्थे केहि परे जिल्लामा खवर  गर्ने अहिले डयूटीकै रुपमा खटिएका छन् उहाले भन्नु भयो ।अस्पतालमा कसैको मृत्यू भएमा अक्रोस ब्यक्त हुने अन्य ठाउमा पनि  हुन्छ भन्दै प्रहरीले समयमै थाहा पाएर सुरक्षाको पहल गर्ने गर्छ त्यो कर्तब्य हो उपरिक्षक अधिकारीले भन्नु भयो ।

प्रकाशित : २ भाद्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६