प्रदेश

तत्कालिन मन्त्री गोकुलको योगदान, कार्तिक ७ पछि बिदेशी च्यानलमा बज्नेछैन बिज्ञापन



काठमाडौं, ६  असोज । एक ठेकेदारले सार्वजनिक गरेको अडियो प्रकरणमा राजीनामा दिएका तत्कालिन संचार मन्त्री गोकुल वास्कोटाले गरेका केहि महत्वपूर्ण कामको नतिजा आउन थालेको छ । ती काम मध्ये एक हो विदेशी च्यानल विज्ञापन रहित हुने । अर्का राम्रो काम हो नेपाल भित्रका सरकारी विज्ञापन सबै संचार माध्यममा समानुपातिक वितरण हुने। जसका लागि मन्त्रीले निति नियम नै बनाएका थिए । सोही जगमा टेकेर संसदको विकास तथा प्रविधि समितिले आउँदो कात्तिक ७ गतेभित्र नेपालमा प्रशारण गरिरहेका टेलिभिजन च्यानलहरुलाई विज्ञापनरहित (क्लिन फिड) बनाउन सरकारलाई निर्देशन दिएको छ ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवलगायतका पदाधिकारीसँग छलफल गरेपछि समितिले डाउनलिंक अनुमति लिएर नेपालमा प्रशारण गरिरहेका टेलिभिजन च्यानलहरुलाई विज्ञापनरहित बनाउन निर्देशन दिएको हो । नेपालमा विज्ञापन (नियमन गर्ने)  ऐन २०७६ को कार्यान्वयन २०७७ कात्तिक ८ गतेदेखि शुरु हुँदैछ । त्यसैले समितिले उक्त मिति भन्दा एक दिनअघि नै नेपालमा क्लिन फिड शुरु गर्न निर्देशन दिएको हो ।

    नेपालमा क्लिनफिड नहुने विदेशी च्यानलको प्रशारण रोक्न मन्त्रालयले बनाएको योजना पनि समितिले मागेको छ । यो ऐनको कार्यान्वयनबाट नेपालमा कति वटा विदेशी च्यानल रोकिने अवस्थामा रहेका छन् र यसले पार्ने सकारात्मक र नकारात्मक प्रभावका बारेमा मन्त्रालयको धारणा १५ दिनभित्र पठाउन पनि समितिले निर्देशन दिएको छ । समितिले नेपालबाट विदेशी टेलिभिजन च्यानलमा विज्ञापन प्रशारण गर्ने नीति (फिड इन) नलिन पनि सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रकाशित : ६ आश्विन २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६