प्रदेश

कारागारमा सबैभन्दा धेरै करणीका कैदी ,८२ बर्षको जीर्ण भवनका बन्दीमा पीडा औधी



कपिलवस्तु ९असोज । कपिलवस्तु सदरमुकाम
तौलिहवा स्थित कारागारको नयाँ भवन बनेर संचालनमा आएपनि वहुसंख्यक कैदीबन्दीहरु पुरानै
जीर्ण भवनमा बस्न वाध्य भएका छन् । नया भवनको क्षमता भन्दा अत्याधिक धेरै भएपछि पुरानै
जीर्ण भवनमा खचाखच हुने गरी राखिएको हो ।
  यता
बि.सं २०७२ साल बैशाख १२ गते नेपालमा गएको महाविनाशकारी भुकम्पको धक्का कपिलवस्तु कारागारमा
पनि नराम्रो संग पर्न गयो । कारागार भवनमा भुकम्पको धक्काले क्षेति पु¥यायो । अहिले
ब्लक नं १ को भवन हेर्ने हो भने पुरै जिर्ण अवस्थामा रहेको छ । संगै ठूलो हावाहुरी
र पानी पर्दा भत्किने सम्भवना जस्तो देखिन्छ
 
। तर त्यही भवनमा कैदीबन्दी र सुरक्षाकर्मी  डरडरै बस्नु पर्ने बाध्यता रहेको छ ।

८२ वर्ष पुरानो भवनमा कैदी :

भौतिक संरचना धेरै पुरानो
र उचित
  मर्मत सम्भारको अभावमा अहिले भवन जीर्ण
भएको हो । विसं १९९५ सालमा बनेको ८२ बर्ष पूरानो ब्लक नं १ को बन्दी गृह भवन मर्मत
नहुँदा जीर्ण बन्दै गएको कारागार जेलर राकेश पाण्डेले बताउनुभयो । संगै कारागारको
  बाहिरी सुरक्षा पर्खालको पनि अवस्था उस्तै छ । भूकम्पले
सुरक्षा पर्खाल र ब्लक न १ बन्दी गृह भवनमा क्षति पुगेको थियो । हालसम्म आर्थिक अभावले
कारागार प्रशासनले
  भवन मर्मत गर्न सकेको छैन
। देशभरका अधिकांश कारागारमा भौतिक संरचनाको अभाव र जिर्णे अवस्थामा रहेकाले सरकारले
पर्याप्त मात्रामा बजेट बिनियोजन गर्न सकेको छैन । सुरक्षा पर्खालको लागि मात्र यसबर्ष
सरकारबाट बजेट बिनियोजन भएको जेलर पाण्डेले बताउनुभयो ।

खानेपानी र सौचालय अभाव :

 एका तर्फ भवन र संरचनाको समस्या छदैछ । अर्को तर्फ
भने कारागारमा शुद्ध खानेपानीको उपलब्धता र शौचालयको समेत अभाव देखिएको छ । कारागारमा
रहेका कैदीबन्दीका लागि आवश्यकता अनुसार शौचालय नहुदा समस्या छ । कारागारमा अहिले १८
वटा शौचालयहरु रहेका छन । यता पर्याप्त पानीको उलब्धता नहुदा कैदीबन्दीलाई निकै समस्या
हुने गरेको बताउनुभयो । अझ गर्मियामको मौसममा पानीको अरुबेला भन्दा बढि समस्या देखिने
गरेको उहाको भनाई छ । वर्षातका बेला पूरानो जिर्ण भवनबाट पानि चुहिने र भवन संगै पर्खालका
इँटा समेत पुराना हुँदा खिइएर झर्न थालेको कारागार प्रमुख पाण्डेले बताउनुभयो ।

स्वरोजगारमा जोड  :

जेलर पाण्डेका अनुसार
कारगारमा क्षमताभन्दा बढी कैदीबन्दी रहे पनि भित्र बसाई र उनीहरुको सेवा सुविधामा
  कमी नहोस भन्नेमा ध्यान दिइएको छ  । कारागारको भौतिक संरचना जीर्ण हुँदा समस्या भए
पनि कैदीबन्दीका लागि भित्रको बसाई ठिकै
  भएको
कैदीबन्दीले बताएका छन् । कैदीबन्दीहरूले स्वरोजगारका लागि कारगारमै मुढा बुन्ने ,झोला
टोपि बनाउने ,सिलाई कटाई लगायतका अन्य सामग्री उत्पादन गर्ने इच्छा राख्नेहरुलाई त्यहीखालको
सेवा सुबिधा संगै सिपमुलक क्रियाकलापमा सहभागि गराईएको बताउनुभयो ।

 सबैभन्दा
बढि जवजक कैदी :

६ महिना यताको विवरण
अनुसार कपिलवस्तु कारागारमा अहिले ४ सय १५ जना कैदी र थुनुवा रहेका छन । जसमा २ सय
८७ जना कैदी र १ सय ५ जना थुनुवा रहेका छन । जस अन्तगर्त २३ जना बिदेशी रहेका छन ।
ती मध्ये े अहिले कारागारमा सबैभन्दा बढि जवरजस्तरी करणीका थुनुवा र कैदी रहेका छन
। ४ सय १५ जनामध्ये जबरजस्ती करणीमा १ सय जना कैदी र २४ जना थुनुवा रहेका छन । यस्तै
दोस्रोमा कर्तब्य ज्यान सम्बन्धी मुद्दामा ७२ जना कैदी र २१ जना थुनुवा रहेका छन ।
यसैगरी तेस्रोमा लागुऔषध सम्बन्धी मुद्दामा ६५ जना कैदी र २६ जना थुनुवा रहेका छन ।

३ सय ५२ क्षमताको कारागारमा
अहिले क्षमता भन्दा बढि कैदीबन्दी बसेका छन । जिल्ला कारागारमा सबै पुरुष थुनुवा र
कैदी मात्र रहेका छन । महिला थुनुवा र कैदीहरुलाई अन्यत्र जिल्लामा पठाउने गरेको प्रशासनले
जनाएको छ । कैदीबन्दीका लागि १८ वटा शौचालय मात्रै छन् । शौच जानका लागि कैदीबन्दीको
ठूलो लाइन लाग्नु पर्ने अवस्था छ ।

कोरोना सतर्कता :

कारागार प्रमुख पाण्डेका
अनुसार कपिलवस्तु कारागारमा कोरोना संक्रमण फैलन नदिन कारागार प्रशासनले उच्च सर्तकता
अपनाएको दावि गर्नु हुन्छ । अहिले कारागारका कैदीवन्दीलाई परिवार तथा आफन्तजनसँगको
भेटघाटमा पूर्णरुपमा रोक लगाइएको छ । जिल्ला अदालतबाट कारागार आउने कैदीबन्दीको पीसीआर
रिर्पोटका आधारमा कारागारमा राख्ने गरिएको प्रमुख जेलर पाण्डेयले बतानुभयो । कारागारमा
प्रबेश गर्ने जोकोहीलाई थर्मल गनबाट तापक्रम नापि ,स्यानिटाईजर लगाएर मात्र भित्र प्रबेश
गर्न दिइएको छ ।

अहिलेसम्म कारागारभित्र कोरोना देखिको पनि छैन । आवश्यक स्वास्थ्य
सुरक्षासामग्री पनि दिइदै आएको छ । कारागारभित्र स्थापना गरिएको पुस्तकालयमा पुस्तक
अभाव रहेको कारागार प्रशासनले जनाएको छ । १२ जना कर्मचारी रहेको कारागारमा अहिले ९
जना मात्र कार्यरत रहेका छन ।

 

प्रकाशित : ९ आश्विन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६