लुम्बिनी

पाल्पामा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु



पाल्पा ४ कार्तिक । पाल्पामा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । तानसेन नगरपालिका–२ की ८५ वर्षीय वृद्धको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा वृद्धको शनिबार निधन भएको हो । शनिबार मृत्यु भएपनि स्वाब परीक्षणको नतिजा ढिला आएकाले स्वास्थ्य कार्यालयले सोमबार बेलुकी मात्र पुष्टि गरेको हो ।

      पाल्पामा पाल्पामा योसँगै मृत्यु हुनेको संख्या ६ पुगेको छ । तीन दिनअघि मात्रै तानसेन नगरपालिका–७, का ३३ वर्षीय पुरुषको मृगौलाको डायलाशिस गर्ने क्रममा रुपन्देहीमा मृत्यु भएको थियो । यसअघि तानसेनको अर्गली, दमकडा, पिपलडाँडाका एकरएक र सिलुवामा एक जनाको मृत्यु भएको थियो ।पाल्पामा कोरोना भाइरस संक्रमितको संख्या १ हजार २१ पुगेको छ भने सक्रिय संक्रमितको संख्या २ सय ४५ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । अहिलेसम्म ७ सय ७० जना निको भएर घर फिर्ता भएका छन् ।

प्रकाशित : ४ कार्तिक २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६