ब्रेकिंग न्युज

दशैँमा पनि कोभिड अस्पताल खुला रहने



गत चौबीस घन्टामा नयाँ कोरोना सङ्रमितको संख्या पाँच हजार ७४३ देखिएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार आज सोही अवधिमा दुई हजार ९९६ निको भएर घर फर्कनुभएको छ । हालसम्म निको भएर घर फर्कनेको कूल सङ्ख्या ९९ हजार ६०५ पुगेको छ ।
आज आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा तीनहजार १०७ नयाँ सङ्क्रमितमध्ये काठमाडौँमा दुईहजार ३९१, भक्तपुर १७३ र लतिपुरमा ५४३ रहेको जानकारी दिनुभयो । हाल क्वारेन्टिनमा चार हजार ६५ छन् ।
गत २४ घण्टाभित्र २० हजार ११८ पिसीआर परीक्षण गरिएको छ भने हालसम्म १३ लाख ३४ हजार ८९७ को पीसीआर परीक्षण सम्पन्न भएको छ । सङ्क्रमित शून्य भएको जिल्ला मुस्ताङ छ ।
प्रवक्ता प्राडा गौतमले मन्त्रालयबाट भएका निर्णयलाई भ्रामक तरिकाले समाचार सम्प्रेषण नगर्न आग्रह गर्दै दशै पर्वका अवसरमा पनि आवश्यकता अनुसार सबै कोभिड अस्पताल खुल्ला रहने जानकारी दिनुभयो । रासस

प्रकाशित : ५ कार्तिक २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६