ब्रेकिंग न्युज

देहरादून घटनाबारे भारत सरकारको ध्यानाकर्षण गराउन सरकारसमक्ष माग



काठमाडौँ १३ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतको देहरादूनमा अध्ययनरत नेपाली विद्यार्थी कुटिएको घटनाबारे भारत सरकारको ध्यानाकर्षण गराउन र ती तिनको अविलम्ब उद्धार गर्न सरकारसमक्ष माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत एकार्का देशका विभिन्न शहरमा अध्यनरत नेपाल र भारत दुवै देशका विद्यार्थीले सुरक्षित र निर्भीक वातावरण प्राप्त गर्नु  तिनको अधिकार मात्रै नभई त्यसको सुनिश्चितता गर्ने अभिभारा दुवै देशका सरकारको भएको औँल्याएका छन् । प्रवक्ता शर्माले नेपाली विद्यार्थीको सुरक्षा र सम्मानका बारेमा गम्भीर पहलकदमी गरेर आगामी दिनमा यस्ता घटना कहीँ पनि हुन नदिन आवश्यक सतर्कताका लागि सरकारसमक्ष माग गरेका छन् ।

प्रकाशित : १३ कार्तिक २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६