ब्रेकिंग न्युज

लुम्बिनीमा ३ वर्षमा ४९ बालविबाह, दुई जिल्ला रेडजोनमा



प्यूठान १३ कार्तिक  । लुम्बिनी प्रदेशमा विगत तीन वर्षको अवधिमा ४९ वटा बाल विबाहका घटना प्रहरीमा आएका छन् । लुम्बिनै प्रदेश प्रहरीले तयार पारेको पछिल्लो ३ वर्षको अवधिमा सबैभन्दा बढी प्यूठानमा १९ वटा बाल विबाहका घटना भएका छन् । आर्थिक वर्ष २०७५÷७६ मा लुम्बिनी प्रदेशमा सबैभन्दा बढी २२ वटा बाल विबाहका घटना भएका छन् भने त्यसअघिको वर्ष २०७४÷७५ मा १८ वटा बाल विबाहका घटना भएको तथ्याङ्क छ । यसैगरी चालु आर्थिक वर्ष २०७७। ७८ मा ९ वटा बाल विबाहका घटना भएका छन् ।

    विहिबार बाल विबाह विरुद्धको १५ दिने अभियानको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ३ वर्षको अवधिमा दाङ जिल्लामा १३, बाँकेमा ८, अर्घाखाँचीमा ३ तथा गुल्मीमा २ वटा बाल विबाहका घटना भएका छन् । यसैगरी रुपन्देही, कपिललवस्तु, बर्दिया र रुकुममा एकएक वटा बाल विबाहका घटना भएका छन् भने नवलपरासी, पाल्पा र रोल्पामा घटना घटेका छैनन् ।

    प्रहरीको तथ्याङ्क अनुसार अध्ययन गरिरहेका ३० जना बालबालिका तथा कृषि पेशामा लागेका ११ जना र ज्याला मजदुरी गरेर खाने ८ जना बाल बालिका पिडित भएका हुन् ।विहिबार आजदेखि कार्तिक २८ गतेसम्म सञ्चालन गरिने १५ दिने अभियानमा विभिन्न स्थानीय निकाय, सामाजिक संघ(संस्था लगायतसँग समन्वय गरी सचेतना अभियान सञ्चालन गरिने प्रहरीले जनाएको छ  ।

प्रकाशित : १३ कार्तिक २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६