बाँके १४ कार्तिक ।बाँकेमा रहेका दुई कोरोना विशेष अस्पतालमा उपचाररत २३ सङ्क्रमितको अवस्था गम्भीर बनेको छ । भेरी अस्पताल नेपालगञ्जमा १६ जना र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ७ गरी २३ सङ्क्रमितको अवस्था गम्भीर रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनु भयो । उहाका अनुसार, गम्भीर बिरामीमध्ये, एकजनाको भेन्टिलेटरमा र २२ जनाको आइसियुमा उपचार भइरहेको छ । तर त्यहा आइसियू संचालन गर्ने दक्ष जनशक्ति नभएको र सिकारुद्धारा संचालन भएकाले आइसियू संचालन मै गंभिर प्रश्न उठेको अस्पताल श्रोतको दाविछ ।
आइसियूमा राख्दा संक्रमितको अवस्थामा सुधार आउनुको सटटा झनझन विग्रदै जाने र प्राय हरेकमा यस्तै हुने गर्दा आइसियू संचालन नै त्रुटीपूर्ण रहेको श्रोतको दाविछ । भेरी अस्पतालको आइसोलेसनमा ५२ जना र शिक्षण अस्पताल कोहलपुरको आइसोलेसनमा ३४ गरी ८६ जना कोरोना बिरामीको उपचार भइरहेको छ ।
प्रतिक्रिया