अन्तर्राष्ट्रिय

विदेशमा ९२ प्रतिशत नेपाली कोरोनामुक्त



ऐजेन्सी । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) को  संक्रमणबाट  विदेशमा विभिन्न मितिमा ९२ प्रतिशत नेपाली कोरोनामुक्त भएका छन् ।गैरआवासीय नेपाली संघका अनुसार नेपाल बाहेक ४२ देशमा ३५ हजार ९ सय १६ जना कोरोनामुक्त भएका हुन् ।गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिवार साँझसम्म ३९ हजार ५ सय २८ नेपाली कोरोना संक्रमित भएका छन् ।स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार यो साता साउथ अफ्रिकामा रहेका १ जना नेपालीको  ज्यान गएको छ ।  समितिका अनुसार कोरोना संक्रमणका कारण विदेशमा १८ देशका २ सय ६६ जना नेपालीको ज्यान गएको छ ।समितिका संयोजक डा.संजीव सापकोटाका अनुसार यो साता स्पेन, भारत, कतार, कुवेत, साउदी अरबमा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको हो ।

               यस्तै, नेपालमा मात्र ८४ हजार ५ सय ७० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ती मध्ये ६२ हजार ७ सय ४० जना कोरोनामुक्त भएका छन् ।  कुल संक्रमितको ७४ दशमलव २ प्रतिशत हो । हालसम्म नेपालमा ५ सय २८ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।  कोरोना भाइरसकै कारण नेपालसहित विश्वभर छरिएका नेपालीमध्ये  १ लाख २४ हजार ९८ जनामा कोरोना संक्रमण भएको छ । तीमध्ये  ९८ हजार ६ सय ५६  कोरोना भाइरसबाट मुक्त भएका छन् ।गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले सार्बजनिक  स्थलमा कोरोना संक्रमणको जोखिम उच्च रहेको जनाएको छ । समितिका संयोजक सापकोटाले कोरोना संक्रमणबाट बच्ने एक मात्र उपाय स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नुको अर्को विकल्प नभएको हुँदा  सबैलाई माक्स प्रयोग गर्न र हात धुन आग्रह गरेका छन् । उनले कोरोना संक्रमणको आशंका  लागेमा तत्काल स्वास्थ्य सेवामा सम्पर्क गर्न अनुरोध  गरेका छन्।

प्रकाशित : १८ आश्विन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६