प्रदेश

अस्थायी राजधानीका दिनगन्ती शुरु, प्रदेश ५ का नयाँ संरचना बनाउने मुख्यमन्त्रीका ५ रणनीति



कपिलवस्तु २१ असोज । प्रदेश ५को स्थायी राजधानी देउखुरी भालुवाङमा स्थायी राजधानी कहिले सर्ला? यो आम लुम्विनी प्रदेशवासीका लागि चासोको विषय हो । के के संरचना कहिले बन्छन् र राजधानी स्थानान्तरण कहिले हुन्छ? स्वयम सरकार देखि जनता सम्मले यतिबेला यहि प्रश्नको उत्तर खोजी रहेका छन् । 

     राजधानीका संरचना तत्काल निर्माण हुने वा सार्ने  भन्ने संभव छैन  भन्नेहरु पनि छन् । तर राजधानी सार्न कतिवर्ष  पर्खिने भन्ने कुरो अबको लुम्बिनी प्रदेश सरकारको निर्णयमा भर पर्छ। मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार प्रदेश सभाको बैठकमा बोल्दै स्थायी राजधानी तोकिएपनि त्यहाँ पूर्वाधार तयार नभइकन राजधानी नसर्ने बताउनु भएको छ ।तर अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले जति सक्दो छिटो  तोकिएको क्षेत्रमा स्थायी राजधानी बनाउन केहि महत्वपूर्ण रणनीति अपनाउन सक्ने उहा निकट श्रोतको भनाइछ । 

    मुख्यगरी मुख्यमन्त्री  पोखरेलले ५  रणनीति प्रयोग गर्न सक्ने देखिन्छ । जस अनुसार पहिलो रणनिती हुनेछ चालु आवको बजेटमा दाङ क्षेत्रका लागि विनियोजन भएको ठूलो बजेटलाई आवश्यक विधी र प्रकृया मिलाएर भालुवाङ देउखुरीमा प्रदेश ५का संरचना बनाउन रकमान्तरण गर्ने । यहि रणनीतिमा संभव भए दाङ भन्दा पश्चिमका अन्य जिल्लाको समेत बजेट स्थानान्तरण गर्ने । दोश्रो रणनीति हुन सक्छ अव आउने प्रदेश सरकारका २ वटा बजेटको केन्द्रिय भाग राजधानीका संरचनामा खर्च गर्ने । धेरै भन्दा धेरै संरचना बनाउन प्रदेश संरचना वर्षका रुपमा घोषणा गर्ने । 

    यसैगरी मुख्यमन्त्रीले अपनाउने तेश्रो रणनिति हुन सक्छ संघिय सरकारवाट विनियोजन हुने वजेटलाई सके सम्म प्रदेशका भौतिक संरचना बनाउने लगाउने गरी  लविङ गर्ने । चौथो रणनिती जुनपालिकामा प्रदेशका संरचना बन्दैछन् ती पालिकालाई केहि अत्यावश्यक अफिसकालागि उपयुक्त हुने किसीमका संरचना वनाउन लगाउने र प्रदेशका संरचना नवन्दा सम्म ती उपयोग गर्ने ।मुख्यमन्त्री पोखरेलले अपनाउने पाँचौ रणनीति हुन सक्छ भौतिक संरचनामा काम गर्ने दातृ निकायलाई प्रदेश ५का संरचना राजधानी स्थलमा वनाउन परिचालित गर्ने । विदेशी मुलुक वा राज्यसंगको सम्वन्धका आधारमा कुनै वजेट आएपनि सोही क्षेत्रमा लगाउने ।

    यी ५  रणनिती मुख्यमन्त्रीले प्रयोग गर्ने उहासंग निकट भई काम गर्नेहरुका विष्लेषण हुन् । मुख्यमन्त्री पोखरेल  यहि कार्यकालको अन्तिम सम्म महत्वपूर्ण संरचना वनाएर दाङवाटै राजधानी चलेको सन्देश दिदै आगामी चुनावमा जाने रणनिती बनाउनु भएको श्रोतको दाविछ । राजधानी र नाम घोषणाभएसँगै प्रदेश सभाको छैठौं अधिवेशन अन्त्य भएको छ। अब धेरैको जिज्ञाशा प्रदेश सभाको सातौ अधिवेशन नयाँ राजधानीमा होला या अस्थायी राजधानी मै होला ?  भन्नेमा छ ।

    मुख्यमन्त्री कार्यालय सहितका मन्त्रालयहरु तत्काल देउखुरी जालान् या केही वर्ष यहीँ बस्लान ? यस्ता अडकल वाजी बीच मुख्यमन्त्री पोखरेल संरचना नवनि हतारिएर राजधानी सार्ने पक्षमा नरहेको स्पष्ट संकेत गर्नु भएको छ । उहा हतारिएर राजधानी सार्न नचाहानुको कारण हो नेकपाको प्रदेश ५ इन्चार्ज । उहाले एउटा जिल्ला बिशेषका पक्षमा हतारिदा गलत सन्देश जान सक्छ । प्रदेशका संरचना नवनि तोकिए भन्दा वाहेका दाङका अन्य स्थानमा लैजादा ठूलो विरोध श्रृजना हुन सक्छ ।  प्रदेशको स्थायी राजधानी दाङ लैजान मुख्यमन्त्री पोखरेललाई भन्दा सभामुख पूर्णबहादुर घर्ती र आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीलाई हतारो रहेको उहाहरुको ब्यवहारले प्रष्टाएको बुटवल क्षेत्रका सांसद दावि गर्छन । 

    मंगलबार प्रदेश सभाको बैठकमा स्थायी राजधानी र नामाकरण दुई तिहाइले पारित भएको घोषणा गरेपछि सभामुख पूर्णबहादुर घर्तीले थोरै समय आफ्नो मन्तव्य राख्नु भयो ।  ‘अस्थायी राजधानीमा पर्याप्त भौतिक पूर्वाधारको अभाव, आवश्यक कर्मचारीहरुको अभाव तथा नयाँ अनुभव आदि थुपै कारण र अभावका विचमा हामीले प्रदेश सभा सञ्चालन गरेको सबै माननिय सदस्यहरुलाई अवगत नै छ।  यी समस्याका बाबजुत यहाँसम्म आइपुग्दा प्रदेशलाई व्यवस्थीत र मर्यादित बनाउने, सचिवालय र सभा सञ्चालनमा सुधार हुँदै आएको छ।’घर्तीले प्रदेश सभा पहिलो बैठक बसेदेखि हालसम्म ९ सय ६७ दिन बितेको जानकारी समेत प्रदेश सभालाई गराउनु भयो । 

    राजधानी र नामाकरण टुंगो लगाएर प्रदेश सभाले महत्वपूर्ण उपलब्धि गरेकाले विगतलाई सम्झनु स्वभाविक नै हो । तर दिन गनेर बसेका सभामुख छिटो दाङमा राजधानी सरोस भन्ने हतारोमा हुनु हुन्छ भन्ने स्पष्ट बुझ्न उहाकै भनाई काफि छ । यता आन्तरीक मामिला मन्त्री केसीले त सदनमा विरोध गरि रहेका विपक्षी सांसदलाई घिसारेर वाहिर लैजान आदेश दिदै मर्यादा पालक माथि नै झम्टिएवाट उहा आक्रमक रुपमा बुटवलको विकल्प खोजीमा लागि रहनु भएको प्रष्ट हुन्छ । रोल्पाली केसीले बुटवल भन्दा दाङ बढी मन पराउनु स्वभाविक पनि हो । सकेसम्म छिटो राजधानी सारौ भनेर मुख्यमन्त्री पोखरेललाई अभिप्रेरीत गर्न उहाहरु लाग्नु हुन्छ नै । 

    अव मुख्यमन्त्रीलाई सकेसम्म प्रदेशका संरचना दाङमा वनाउने काम आफ्नै कार्यकालमा होस भन्ने चाहाना हुन ,मन्त्री कुल प्रसाद केसी र सभामुख पूर्ण वहादुर घर्तिलाई बुटवल छाड्ने हतारो देखिनुले गर्दा बुटवल राजधानी रहने मुख्य अवधी भनेको अवको अढाई बर्ष हो । त्यो भन्दा ढिला हुन मुख्यमन्त्री पोखरेलले अपनाउने संभावित ५ रणनिती कामयाबी नहुनु हो । अत्यन्तै सुविचारीत रणनिती भित्र भित्रै अपनाएर नतिजा आउने बेलामा मात्र सार्वजनिक गर्ने मुख्यमन्त्री पोखरेलको शैली प्रदेशवासीले राजधानी तोक्ने सवालमा देखि सकेकाले राजधानी सार्ने काम उहाले उधारो रहने गरी ढिला गर्नु हुन्न भन्ने स्पष्ट छ । 

प्रकाशित : २१ आश्विन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६